लन्डन । बेलायतमा स्थापित एकजना सामाजिक अभियन्ता तथा व्यवसायी कृष्ण तिमल्सेनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उप-संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए केन्द्रिय नेतृत्व चयन हुन करिब ९ साता बांकी रहंदा तिमल्सेनाले उम्मेदवारीको आकांक्षा प्रस्तुत गरेका हुन् ।
बेलायतको नेपाली समुदायमा स्वच्छ छवी, मेहनती, इमान्दार र सहयोगी अभियन्ताका रुपमा परिचित तिमल्सेनाले संघमा संगालेको लामो अनुभव थप उपयोग गर्न अक्टोबरमा हुने विश्व सम्मेलनमा युरोप उपसंयोजक पदमा उम्मेदवारी दिन लागेको जनाए ।
युरोपस्थित संघसंस्था र व्यवसायीलाई नेपालमा सहयोग तथा लगानीका लागि प्रेरित गर्ने, युरोपमा एनआरएन एनसीसीलाई थप विस्तार गर्ने, युरोपमा सक्रिय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउने, युरोपमा बसेका नेपालीहरुको साझा समस्या पहिचान गरी त्यसको निराकरण प्रयास गर्ने, युरोपमा जन्मे हुर्केका नेपाली बालबालिकालाई एनआरएनमा समाहित गर्दै देश, भाषा र संस्कृतिप्रति रुची जगाउन पहल गर्ने लगायत एजेन्डा उनका छन् ।
‘देश निर्माणको ठूलो जिम्मेवारी अहिले एनआरएनको कांधमा पनि आएको छ’, तिमल्सेनाले भनेका छन्, ‘त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्न मेरो उम्मेदवारी हुनेछ । विशेषतः युरोप क्षेत्रका नेपालीसंग हरेक सुःख दुःखमा संगै हिंड्ने उनको प्रतिवद्धता छ ।’
सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना सन् २०११ देखि २०१३ सम्म एनआरएनए यूकेको कार्यसमिति सदस्य, सन् २०१३ देखि ०१५ सम्म एनआरएन यूके उपाध्यक्ष र २०१७ देखि १९ कार्यकालका लागि अध्यक्ष प्रत्यासी थिए । शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७ सम्म केन्द्रीय सदस्य रहेका उनी हाल एनआरएनए यूके सल्लाहकार, एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स जस्तो महत्वपूर्ण टास्क फोर्समा छन् । उनले एनआरएनले सञ्चालन गर्दै आएको सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउंदै आएका छन् ।
करिब डेढ दशकदेखि लन्डन रहंदै आएका उनी यूकेमा समाजसेवी व्यवसायीको रुपमा परिचित छन् । विभिन्न च्यारिटी अलवा सामाजिक गतिविधिमा उनको संलग्नता प्रेरणादायी छ । च्यारिटी र तिमल्सेना एक अर्काका पर्याय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउंछन् । उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।
तिमिल्सेनाले केही महिनाअघिमात्र धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयां प्रदान गरेका थिए । तिमिल्सिनाले धादिङ निलकण्ठ नगरपालिका १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि उक्त सहयोग गरेका हुन् । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयां प्रदान गरेका थिए ।
मुलतः सेफ पृष्ठभूमिबाट आएका उनको नेपाल र यूकेमा विभिन्न व्यवसाय छ । एक दशक देखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउंदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ । नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष तिमल्सेनाकै प्रयासमा यहांका सेफहरु संगठित भएका थिए ।
उनी संलग्न नरहेको नेपाली संघसंस्था बेलायतमा कमै छन् । मिलनसार र गफ भन्दा काममा बढि विश्वास गर्ने उनी समाजसेवा निस्वार्थ हुनुपर्नेमा जोड दिन्छन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक