
लन्डन । नेपाली सुकुटीले खाना र पेय पदार्थको एउटा
प्रतिष्ठित ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको हो । एकसय भन्दा बढि देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए । सेफ, कुक, खानाका समिक्षक, रेष्टुरेन्ट व्यवसायी, पत्रकार, लेखक आदि गरि ५ सय जनाको निर्णायक मण्डलले उत्कृष्ट खाना छनोट गरेका थिए ।
‘ग्रेट टेस्ट अवार्डमा पहिलो पटक प्रवेश गरेर टु स्टार पाउंदा म सांच्चिकै खुशी छु’ ब्राण्ड निर्देशक नेपालले भने, ‘नेपाली उत्पादनलाई बेलायती समुदायले रुचाएको प्रमाण हो यो । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न यसले थप हौसला मिलेको छ ।’
उक्त कम्पनीले बेलायती बजारमा वाइवाइ चाउचाउ देखि मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्यांख्ला, गुन्द्रुक मुला अचार, ताइचीन चिउरा, चटपटे भुजा, ओल्ड दरबार ह्वीस्की लगायत सयौं नेपाली उत्पादन विक्री वितरण गर्दै आएको छ ।
प्रतियोगिताका लागि समावेश भएका १२ हजार ७७२ उत्पादनमध्ये २०८ उत्पादनले थ्री स्टार, १३२६ ले टु स्टार र ३४०९ ले ए स्टार पाएका कम्पनीले जनाएको छ । निर्णायकको प्यानलमा कुक, लेखक तथा सस्टेनेवल फुड च्याम्पियन मेलिसा हेम्सले, केनी टुट, मास्टर सेफ २०१८ च्याम्पियन ओलिया हर्कुलस्, सेफ तथा खाना सम्बन्धि लेखक गिल मेलर, डिसुमका कभी थक्कर, लेखक जोर्जिना हेडन, लेखक तथा सेफ जो एड्जोन्यो आदि थिए । इकान्तिपुर
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त