लन्डन । बागलुङ बिहुंकोटबाट बेलायतमा आएर बसोबास गरिरहेका बिहुंकोटेहरूको साझा संस्था बिहुंकोट हेल्प नेटवर्क (यूके) ले संस्थाको तेस्रो महाधिवेशन सम्पन्न गरेको छ । गत २९ जुलाई २०१९ सोमबार बेलायतको बर्मिङ्हममा महाधिवेशन भएको हो ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद कंडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले बिहुंकोट र आफ्नो बीचमा निकै पुरानो सम्बन्ध रहेको बताए । सो अवसरमा उनले गैरआवसीय नेपाली नागरिकताको बारेमा पनि प्रकाश पारे ।
कार्यक्रममा बिहुँकोट हेल्प नेटवर्क (यूके) का संस्थापक अध्यक्ष दयानिधि सापकोटा, महासचिव गंगाप्रसाद कंडेल, वरिष्ठ सल्लाहकार शेखर कंडेल, कानूनी सल्लाहकार नारायण दत्त कंडेल, नेपाली सेफ एसोसियसन यूकेका अध्यक्ष दधि आचार्य, विष्णु चालिसे, नारायण फुंयाल, प्रेम आलेमगर, बलाराम चापागाईं, पशुपति पोखरेल, कमल भण्डारी, फुलप्रसाद कंडेल, अन्जु पाठक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बेलायतभर छरिएर रहेका बिहुंकोटे अनि शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवप्रसाद कंडेलले आर्थिक र महासचिव केशव कंडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । संयोजक राजन कंडेलले स्वागत मन्तव्य दिए ।
उक्त अवसरमा वरिष्ठ समाजसेवी रणबहादुर केसीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले बिहुंकोट हेल्प नेटवर्क (यूके) का सम्पूर्ण सदस्यहरूको सर्वसम्मत निर्णय बमोजिम प्रेमप्रसाद कंडेललाई आगामी २ वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
१३ सदस्यीय नयां कार्यसमितिमा उपाध्यक्ष शिवप्रसाद कंडेल, महासचिव लिलाराम निउरे, कोषाध्यक्ष भिमप्रसाद निउरे, सचिव सुश्री गीता कंडेल छन् । त्यसैगरि, सदस्यहरुमा रामप्रसाद कंडेल, राजन कंडेल, हरि कंडेल, जयराम कंडेल, श्रीमति पुजा निउरे, यामलाल कंडेल, नेत्रप्रसाद कंडेल र राजेन्द्र कंडेल चुनिएका छन् ।
कार्यक्रममा स-साना नानीहरूको रोचक नृत्य थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति