लन्डन । बागलुङ बिहुंकोटबाट बेलायतमा आएर बसोबास गरिरहेका बिहुंकोटेहरूको साझा संस्था बिहुंकोट हेल्प नेटवर्क (यूके) ले संस्थाको तेस्रो महाधिवेशन सम्पन्न गरेको छ । गत २९ जुलाई २०१९ सोमबार बेलायतको बर्मिङ्हममा महाधिवेशन भएको हो ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद कंडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले बिहुंकोट र आफ्नो बीचमा निकै पुरानो सम्बन्ध रहेको बताए । सो अवसरमा उनले गैरआवसीय नेपाली नागरिकताको बारेमा पनि प्रकाश पारे ।
कार्यक्रममा बिहुँकोट हेल्प नेटवर्क (यूके) का संस्थापक अध्यक्ष दयानिधि सापकोटा, महासचिव गंगाप्रसाद कंडेल, वरिष्ठ सल्लाहकार शेखर कंडेल, कानूनी सल्लाहकार नारायण दत्त कंडेल, नेपाली सेफ एसोसियसन यूकेका अध्यक्ष दधि आचार्य, विष्णु चालिसे, नारायण फुंयाल, प्रेम आलेमगर, बलाराम चापागाईं, पशुपति पोखरेल, कमल भण्डारी, फुलप्रसाद कंडेल, अन्जु पाठक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बेलायतभर छरिएर रहेका बिहुंकोटे अनि शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवप्रसाद कंडेलले आर्थिक र महासचिव केशव कंडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । संयोजक राजन कंडेलले स्वागत मन्तव्य दिए ।
उक्त अवसरमा वरिष्ठ समाजसेवी रणबहादुर केसीको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले बिहुंकोट हेल्प नेटवर्क (यूके) का सम्पूर्ण सदस्यहरूको सर्वसम्मत निर्णय बमोजिम प्रेमप्रसाद कंडेललाई आगामी २ वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
१३ सदस्यीय नयां कार्यसमितिमा उपाध्यक्ष शिवप्रसाद कंडेल, महासचिव लिलाराम निउरे, कोषाध्यक्ष भिमप्रसाद निउरे, सचिव सुश्री गीता कंडेल छन् । त्यसैगरि, सदस्यहरुमा रामप्रसाद कंडेल, राजन कंडेल, हरि कंडेल, जयराम कंडेल, श्रीमति पुजा निउरे, यामलाल कंडेल, नेत्रप्रसाद कंडेल र राजेन्द्र कंडेल चुनिएका छन् ।
कार्यक्रममा स-साना नानीहरूको रोचक नृत्य थियो ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
नेपालमा सवा ९ लाख मतदाता थपिए