लन्डन । लन्डन उलवीचमा रोयल मेलको भ्यानले ठक्कर दिंदा टाउकामा चोट लागी गम्भीर घाइते ६४ वर्षीय पण्डित दधिराम काफ्लेको होस अझै खुलेको छैन् ।
रोयल लन्डन हस्टिपल, हवाइट च्यापलको आइसीयूमा उपचाररत काफ्लेको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । ‘कुनै मिराकल भए उहांमा सुधार आउला नत्र आस कम छ’, दिनभर अस्पतालमा रहेका लन्डन प्लमस्टिडस्थित पशुपति नाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कंडेलले चिकित्सकको भनाइ उधृत गर्दै भने । उच्च रक्तश्रावले काफ्ले अचेत छन् । टाउको क्षतविक्षत छ ।
बिहीबार बिहान करिब पौने आठ बजे उलवीच आर्सनल स्टेशन अगाडि बसबाट ओर्लेर अर्को बस चढ्न बाटो काट्दा काफ्लेलाई भ्यानले ठक्कर दिएको थियो । ७. ४१ बजे लन्डन एम्बुलेन्स सर्भिसलाई कल गरेपछि तुरुन्त दुईवटा एम्बुलेन्स आइपुगेका थिए । प्राथमिक उपचारपछि उनलाई तत्काल एयर एम्बुलेन्सबाट इष्ट लन्डन अस्पताल लगिएको थियो ।
ट्रष्टी समेत रहेका काफ्लेले मन्दिरमा ६ महिना निशुल्क सेवा गर्छु भनेर पुजारीको काम थालेका थिए । ’गुरु आएर प्रत्येक दिन बिहान ८ बजे मन्दिरको ढोका खोल्नुहुन्थ्यो । आज आउन ढिला भएपछि मैले फोन गरें, उठेन । पछि थाहा भयो दुर्घटनामा परेर उहांलाई अस्पताल लगिसकिएको रहेछ’, कंडेलले भने । त्यतिबेला मन्दिर समितिको बैठक पनि चल्दै थियो ।
गुल्मी स्थायी घर भएका काफ्ले लन्डनका सफल व्यवसायी महेन्द्र कंडेलका ससुरा हुन् । केही वर्षअघि काफ्लेकी धर्मपत्नि अष्ट्रेलियाबाट लन्डन आउनेक्रममा जहाजमै हृदयघात भएर बितेपछि उनले अर्की बिहे गरेका थिए । उनको कान्छी श्रीमतिबाट एक छोरा छन् । ‘श्रीमतिलाई लन्डन ल्याउने तयारी गरिरहनु भएको थियो, अकस्मात दुःखद घट्ना आइपर्दा परिवार विक्षिप्त छ’, कंडेलले भने ।
लामो समय हङकङमा बसेर धेरैलाई ‘सेटल्ड’ गराएका काफ्लेको उलवीचमा घर छ । केही समय नेपाल बस्ने भनेर फर्किएपनि उनी पछि श्रीमति र छोरा लन्डन ल्याएर यतै बसोवास गर्ने योजनामा रहेको परिवारजनले बताएका छन् । बेलायतको नेपाली समुदायले काफ्लेको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’