लन्डन । लन्डन उलवीचमा रोयल मेलको भ्यानले ठक्कर दिंदा टाउकामा चोट लागी गम्भीर घाइते ६४ वर्षीय पण्डित दधिराम काफ्लेको होस अझै खुलेको छैन् ।
रोयल लन्डन हस्टिपल, हवाइट च्यापलको आइसीयूमा उपचाररत काफ्लेको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । ‘कुनै मिराकल भए उहांमा सुधार आउला नत्र आस कम छ’, दिनभर अस्पतालमा रहेका लन्डन प्लमस्टिडस्थित पशुपति नाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कंडेलले चिकित्सकको भनाइ उधृत गर्दै भने । उच्च रक्तश्रावले काफ्ले अचेत छन् । टाउको क्षतविक्षत छ ।
बिहीबार बिहान करिब पौने आठ बजे उलवीच आर्सनल स्टेशन अगाडि बसबाट ओर्लेर अर्को बस चढ्न बाटो काट्दा काफ्लेलाई भ्यानले ठक्कर दिएको थियो । ७. ४१ बजे लन्डन एम्बुलेन्स सर्भिसलाई कल गरेपछि तुरुन्त दुईवटा एम्बुलेन्स आइपुगेका थिए । प्राथमिक उपचारपछि उनलाई तत्काल एयर एम्बुलेन्सबाट इष्ट लन्डन अस्पताल लगिएको थियो ।
ट्रष्टी समेत रहेका काफ्लेले मन्दिरमा ६ महिना निशुल्क सेवा गर्छु भनेर पुजारीको काम थालेका थिए । ’गुरु आएर प्रत्येक दिन बिहान ८ बजे मन्दिरको ढोका खोल्नुहुन्थ्यो । आज आउन ढिला भएपछि मैले फोन गरें, उठेन । पछि थाहा भयो दुर्घटनामा परेर उहांलाई अस्पताल लगिसकिएको रहेछ’, कंडेलले भने । त्यतिबेला मन्दिर समितिको बैठक पनि चल्दै थियो ।
गुल्मी स्थायी घर भएका काफ्ले लन्डनका सफल व्यवसायी महेन्द्र कंडेलका ससुरा हुन् । केही वर्षअघि काफ्लेकी धर्मपत्नि अष्ट्रेलियाबाट लन्डन आउनेक्रममा जहाजमै हृदयघात भएर बितेपछि उनले अर्की बिहे गरेका थिए । उनको कान्छी श्रीमतिबाट एक छोरा छन् । ‘श्रीमतिलाई लन्डन ल्याउने तयारी गरिरहनु भएको थियो, अकस्मात दुःखद घट्ना आइपर्दा परिवार विक्षिप्त छ’, कंडेलले भने ।
लामो समय हङकङमा बसेर धेरैलाई ‘सेटल्ड’ गराएका काफ्लेको उलवीचमा घर छ । केही समय नेपाल बस्ने भनेर फर्किएपनि उनी पछि श्रीमति र छोरा लन्डन ल्याएर यतै बसोवास गर्ने योजनामा रहेको परिवारजनले बताएका छन् । बेलायतको नेपाली समुदायले काफ्लेको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक