लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता संख्या १३ हजार ८ सय ९० पुगेको छ । निर्धारित समयसीमा ३१ जुलाई बुधबार साँझ ८ बजेसम्म आइपुगेको पेपर र अनलाइन गरि करिब १४ हजार सदस्य पुगेका हुन् ।
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को इतिहासमै पहिलोपटक यति धेरै मतदाता बनेका हुन् । अध्यक्ष पदका प्रत्यासी बर्तमान उपाध्यक्षहरु शेर सुनार, शुशिला राई, प्रेम गाहामगर, पुनम गुरुङ र ललित न्यौपाने मैदानमा छन् । पाँचै जनासहित अन्य उम्मेदवारले सदस्य संख्या बढाउन तीव्र भूमिका निर्वाह गरेपछि यति धेरै मतदाता बनेका छन् ।
गैर आवासीय नेपाली संघ युके निर्वाचनका लागि प्रमुख आयुक्त मे. (रि) डमर घलेले बुधबार राती सदस्यता संख्या घोषणा गरेका थिए ।
१ अगस्त २०१९ बाट सदस्यता प्रमाणीकरण शुरु हुने र सदस्यता दर्ता प्रक्रियामा रित नपुगेको, शुल्क प्राप्त नभएको तथा प्राविधिक प्रक्रिया नपुगेकाहरुलाई सम्पर्क गरि निकट भविष्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ ।
प्रथम मतदाता नामावली वा कुनै सदस्यको सदस्यता उपर संशोधन वा दावी बिरोध भए त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिनेछ ।
सदस्यता सम्बन्धि थप जानकारी तथा सूचनाको लागि एनआरएन युके अध्यक्ष योगकुमार फगामीलाई ०७७८७१९३९२८ वा [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्त र निर्वाचन १४ सेप्टेम्बेरमा तय भएको छ । अधिवेशन फार्नबोरोस्थित भिलेज होटेलमा हुने भएको हो ।
गैर आवासीय नेपाली संघ युकेको निर्वाचन सम्पन्न गर्न प्रमुख आयुक्त मे. रि. डमर घले, सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपांगीमगर, कोषाध्यक्ष दूत पुन र आयुक्तहरु कर्ण शाही, चिरन्जिवी ढकाल, राष्ट्र राई, श्री लिम्बु, श्रीमति प्रा. डा. सुमाया राई, राजु कंडेल, विकास रडपाइली, नेम थापा र मे. रि. कृष्णबहादुर गुरुङ रहेको एक निर्वाचन मण्डल गठन गरिएको छ ।
गैर आवासीय नेपाली संघ युकेको इतिहासमै पहिलो पटक एनसीसी युकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन सेप्टेम्बर १४ तारिख एकैसाथ हुने भएको छ ।
आगामी निर्वाचनमा गैर आवासीय नेपाली संघ युकेको मतपत्र तथा नर्दन आयरल्यान्ड, स्कटल्याण्ड, वेल्स, इंग्ल्याण्ड राज्य समन्वय समितिका पदाधिकारीहरुको गरि दुई फरक फरक मतपत्र हुने निर्णय भएको छ ।
हरेक मतदाताले राष्ट्रिय समन्वय परिषद तथा राज्य समन्वय परिषद गरि दुई अलग अलग मतपत्रमा मतदान तथा उम्मेदवार छनोटको अधिकार पाउने संघले जनाएको छ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय