लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता संख्या १३ हजार ८ सय ९० पुगेको छ । निर्धारित समयसीमा ३१ जुलाई बुधबार साँझ ८ बजेसम्म आइपुगेको पेपर र अनलाइन गरि करिब १४ हजार सदस्य पुगेका हुन् ।
गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को इतिहासमै पहिलोपटक यति धेरै मतदाता बनेका हुन् । अध्यक्ष पदका प्रत्यासी बर्तमान उपाध्यक्षहरु शेर सुनार, शुशिला राई, प्रेम गाहामगर, पुनम गुरुङ र ललित न्यौपाने मैदानमा छन् । पाँचै जनासहित अन्य उम्मेदवारले सदस्य संख्या बढाउन तीव्र भूमिका निर्वाह गरेपछि यति धेरै मतदाता बनेका छन् ।
गैर आवासीय नेपाली संघ युके निर्वाचनका लागि प्रमुख आयुक्त मे. (रि) डमर घलेले बुधबार राती सदस्यता संख्या घोषणा गरेका थिए ।
१ अगस्त २०१९ बाट सदस्यता प्रमाणीकरण शुरु हुने र सदस्यता दर्ता प्रक्रियामा रित नपुगेको, शुल्क प्राप्त नभएको तथा प्राविधिक प्रक्रिया नपुगेकाहरुलाई सम्पर्क गरि निकट भविष्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ ।
प्रथम मतदाता नामावली वा कुनै सदस्यको सदस्यता उपर संशोधन वा दावी बिरोध भए त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिनेछ ।
सदस्यता सम्बन्धि थप जानकारी तथा सूचनाको लागि एनआरएन युके अध्यक्ष योगकुमार फगामीलाई ०७७८७१९३९२८ वा [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्त र निर्वाचन १४ सेप्टेम्बेरमा तय भएको छ । अधिवेशन फार्नबोरोस्थित भिलेज होटेलमा हुने भएको हो ।
गैर आवासीय नेपाली संघ युकेको निर्वाचन सम्पन्न गर्न प्रमुख आयुक्त मे. रि. डमर घले, सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपांगीमगर, कोषाध्यक्ष दूत पुन र आयुक्तहरु कर्ण शाही, चिरन्जिवी ढकाल, राष्ट्र राई, श्री लिम्बु, श्रीमति प्रा. डा. सुमाया राई, राजु कंडेल, विकास रडपाइली, नेम थापा र मे. रि. कृष्णबहादुर गुरुङ रहेको एक निर्वाचन मण्डल गठन गरिएको छ ।
गैर आवासीय नेपाली संघ युकेको इतिहासमै पहिलो पटक एनसीसी युकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन सेप्टेम्बर १४ तारिख एकैसाथ हुने भएको छ ।
आगामी निर्वाचनमा गैर आवासीय नेपाली संघ युकेको मतपत्र तथा नर्दन आयरल्यान्ड, स्कटल्याण्ड, वेल्स, इंग्ल्याण्ड राज्य समन्वय समितिका पदाधिकारीहरुको गरि दुई फरक फरक मतपत्र हुने निर्णय भएको छ ।
हरेक मतदाताले राष्ट्रिय समन्वय परिषद तथा राज्य समन्वय परिषद गरि दुई अलग अलग मतपत्रमा मतदान तथा उम्मेदवार छनोटको अधिकार पाउने संघले जनाएको छ ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक