लण्डन । डाटफोर्ड नेपाली समाजको चौंथो साधारण सभाले गजेन कटुवाललाई निर्बिरोध अध्यक्ष चयन गरेको छ । कटुवालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो जसमा उपाध्यक्ष भरत लामिछाने, महिला उपाध्यक्ष आशा फेराली, महासचिव लेखनाथ खरेल, सचिव धन क्षेत्री र कोषाध्यक्षमा हरी हडखले चुनिएका छन्।
त्यसैगरी सदस्यहरुमा गोरख कार्की, ध्रुब पौडयाल, मीरा घले, प्रमिला नेपाल, भगवती पाण्डे घिमिरे, पारिजात पाठक, माधव पराजुली, पवन श्रेष्ठ, प्रकाश थापा र सांस्कृतिक संयोजकमा सुनीता थापा चुनिए ।
संस्थाका सल्लाहकार चन्डिका भट्टको संयोजकत्वमा अन्य पांच सल्लाहकार नैनसिङ गुरुङ, डा. बच्चू कैनी, नारायण भट्टराई र राजेश पाठक सहितको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले संस्थाले आगामी दिनमा ठोस रुपमा नियमित भेटघाट अलावा ४ वटा बिशेस क्षेत्र जस्तै संस्थाको सदस्यता/ डेटा तथा सूचना अद्यावधिक गर्ने, डार्टफोर्ड आसपासका ब्यवसायिक तथा सामुदायिक नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व सहितको लूज संगठन निर्माणमा पहल गर्ने र सबैले आफ्नो संस्था हो भन्ने भावना अभिबृद्धिका लागि काम गर्ने जनाए ।
करिब १५० जना उपस्थित उक्त साधारण सभामा पूर्व अध्यक्ष दीपक थापाले नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद सहित शुभकामना दिए ।
सधारणसभामा बार्षिक प्रतिबेदन महासचिव बेद भट्टराई तथा आर्थिक प्रतिबेदन सरिता ढकालले प्रस्तुत गरेका थिए । पूर्व उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन् ।
कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक खेल तथा बार्बिक्यू समेत आयोजना गरिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे