गजेन कटुवालले लिए डाटफोर्ड नेपाली समाजको जिम्मेवारी

लण्डन । डाटफोर्ड नेपाली समाजको चौंथो साधारण सभाले गजेन कटुवाललाई निर्बिरोध अध्यक्ष चयन गरेको छ ।  कटुवालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो जसमा उपाध्यक्ष भरत लामिछाने, महिला उपाध्यक्ष आशा फेराली, महासचिव लेखनाथ खरेल, सचिव धन क्षेत्री र कोषाध्यक्षमा हरी हडखले चुनिएका छन्।

त्यसैगरी सदस्यहरुमा गोरख कार्की, ध्रुब पौडयाल, मीरा घले, प्रमिला नेपाल, भगवती पाण्डे घिमिरे, पारिजात पाठक, माधव पराजुली, पवन श्रेष्ठ, प्रकाश थापा र सांस्कृतिक संयोजकमा सुनीता थापा चुनिए ।  

संस्थाका सल्लाहकार चन्डिका भट्टको संयोजकत्वमा अन्य पांच सल्लाहकार नैनसिङ गुरुङ, डा. बच्चू कैनी, नारायण भट्टराई र राजेश पाठक सहितको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।  

नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले संस्थाले आगामी दिनमा ठोस रुपमा नियमित भेटघाट अलावा ४ वटा बिशेस क्षेत्र जस्तै संस्थाको सदस्यता/ डेटा तथा सूचना अद्यावधिक गर्ने, डार्टफोर्ड आसपासका ब्यवसायिक तथा सामुदायिक नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व सहितको लूज संगठन निर्माणमा पहल गर्ने र सबैले आफ्नो संस्था हो भन्ने भावना अभिबृद्धिका लागि काम गर्ने जनाए ।  

करिब १५० जना उपस्थित उक्त साधारण सभामा पूर्व अध्यक्ष दीपक थापाले नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद सहित शुभकामना दिए । 

सधारणसभामा बार्षिक प्रतिबेदन महासचिव बेद भट्टराई तथा आर्थिक प्रतिबेदन सरिता ढकालले प्रस्तुत गरेका थिए । पूर्व उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन् ।

कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक खेल तथा बार्बिक्यू समेत आयोजना गरिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री