लन्डन । नेपालमा लगानी भित्रयाउन विकास सम्मेलन श्रृंखला जारी राखेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सप्ताहन्त भने दूतावासमा खाना र संगीत महोत्सव आयोजना गरे ।
सन्दर्भ थियो विश्व आदिवासी दिवस । नेपाल आदिवासी जनजाती महासंघ बेलायतको सहकार्यमा गरिएको खाना र संगीत महोत्सवले समस्त नेपाली समुदायलाई एकै ठाउं एकत्रित गरयो । आदिवासी जनजातीका खाना, भेषभूषा र परम्परा प्रदर्शनी आकर्षक देखिन्थ्यो । कार्यक्रममा विभिन्न जातजातिका झांकी र सांस्कृतिक प्रस्तुति मनमोहक थियो । टिपिकल खानाबाहेक नेपाली खाद्य सामाग्री पनि राखिएको थियो ।
सो अवसरमा नेपालबाट आएका दोश्रो पुस्ताका अब्बल गायक दीप श्रेष्ठ देखि नयां पुस्तामा चलेका कुलेन्द्र बिक, प्रिती आले, सुनितामी परियार, भूमिका शाह आदि कलाकारहरु पनि एउटै स्टेजमा उभिएर नेपाली संगीत प्रस्तुत गर्दा माहोल नेपालमय बनेको सहभागीले बताए । स्थानीय गायक गायिकाले पनि आफ्नो गायन प्रस्तुत गरेका थिए ।
बेलायतको नेपाली डायस्पोरामा करिब दुई तिहाइ जनसंख्या आदिवासीको छ । ति आदिवासीलाई आदर भाव दर्शाउन, विविधताबीचको एकता अझ अभिवृद्धि गर्न एवं नेपाली भाषा, कला, संस्कृति, सम्पदा, खाना, संगीत र नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन गर्न खाना र संगीत महोत्सव आयोजना गरिएको राजदूत डा. सुवेदीले बताए ।
‘हामीले कार्यक्रम एकदम सफल भएको ठानेका छौं’, राजदूतले भने, ‘यसले हरेक जातजातीलाई एकत्रित गरेर हाम्रो धार्मिक सहिष्णुता र मेलमिलाप थप प्रगाढ बनाउन टेवा पुरयाएको छ ।’ नेपाली र विदेशी गरि करिब ५ सय सहभागी उक्त महोत्सव उद्घाटन राजदूत डा. सुवेदी, बेलायतका लागि फिलिपिनो राजदूत र वरिष्ठ गायक दीप श्रेष्ठले गरेका थिए । कार्यक्रम सञ्चालन उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए । तस्विर- नरेन्द्र बस्नेत
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने