लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले गजलकार नृपेश उप्रेतीलाई यस वर्षको अनेसास-सुप्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उप्रेतीलाई उनको गजल संग्रह ‘मुसाफिर’ को लागि छनोट गरिएको हो ।
बेलायती नेपाली -डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दरप्रसाद मानन्धरको नाममा स्थापित सो पुरस्कारको राशी २५१ स्टर्लिङ पाउण्ड छ ।
उक्त गरिमामय पुरस्कार प्रत्येक वर्ष बेलायतमा रहेर सिर्जना गरिएको एक उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ । यसअघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाईं तथा डा. सुमाया राईले पाइसकेका छन् ।
पुरस्कार समितिका सँयोजक तथा अनेसास यूके सल्लाहकार डा. रुपक श्रेष्ठका अनुसार, सो पुरस्कार यहि अगष्ट २-५ तारिख लण्डनमा हुन गइरहेको छैटौँ अन्तरराष्ट्रिय सम्मेलनमा दिइनेछ । सम्मेलनमा स्व. मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको उपस्थितिमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुबेदीले पुरस्कार दिने कार्यक्रम छ ।
अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा अनेसास यूकेले छैटौँ अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त