लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले गजलकार नृपेश उप्रेतीलाई यस वर्षको अनेसास-सुप्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । उप्रेतीलाई उनको गजल संग्रह ‘मुसाफिर’ को लागि छनोट गरिएको हो ।
बेलायती नेपाली -डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दरप्रसाद मानन्धरको नाममा स्थापित सो पुरस्कारको राशी २५१ स्टर्लिङ पाउण्ड छ ।
उक्त गरिमामय पुरस्कार प्रत्येक वर्ष बेलायतमा रहेर सिर्जना गरिएको एक उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ । यसअघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाईं तथा डा. सुमाया राईले पाइसकेका छन् ।
पुरस्कार समितिका सँयोजक तथा अनेसास यूके सल्लाहकार डा. रुपक श्रेष्ठका अनुसार, सो पुरस्कार यहि अगष्ट २-५ तारिख लण्डनमा हुन गइरहेको छैटौँ अन्तरराष्ट्रिय सम्मेलनमा दिइनेछ । सम्मेलनमा स्व. मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको उपस्थितिमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुबेदीले पुरस्कार दिने कार्यक्रम छ ।
अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा अनेसास यूकेले छैटौँ अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे