लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल पौडेलको चुनावी अभियानमा समर्थन गर्ने निर्णय गरेको छ । उक्त संस्थाले एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी पौडेलको चाहनालाई सर्वसम्मतिले समर्थन गर्दै अभियान शुरु गर्ने निर्णय गरेको हो ।
गत २३ जुलाई मंगलबार नर्थ हयारोको ब्ल्युमुन रेष्टुरेन्टमा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले ‘कमल पौडेललाई जिताऔं’ भन्ने अभियान सहित आवश्यक तयारी, सदस्यता विस्तार, सम्पर्क तथा भेटघाट र चुनाव प्रचार व्यापक बनाउन कार्यसमितिका सबै सल्लाहकार तथा सदस्यहरू प्रचार समितिमा रहने गरि राजेन्द्र ओझा संयोजक र वसन्त नेपाल सहसंयोजक भएको १०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
संस्थाले पौडेललाई विजयी गराउन सम्पूर्ण सदस्यहरु, समर्थक, शुभचिन्तक र वेलायतवासी नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई अपिल समेत गरेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे