लन्डन । अंग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि विलियम वर्डसवर्थको निवास ग्रासमेर, बेलायतमा कृष्ण बजगाईंको नियात्रा सङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक गरिएको छ । बेलायत निवासी साहित्यकार बजगाईंले उक्त नियात्रासङ्ग्रह आफैंले सार्वजनिक गरेका हुन् ।
शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको जापान यात्राका अनुभूति समाविष्ट ‘दाइबुचु’ बजगाईंको तेस्रो नियात्रासङ्ग्रह हो । सङ्ग्रहमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्रामा समेटिएको छ । यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘दाइबुचु’ बजगाईंको एघारौं साहित्यिक कृति हो ।
डायोस्पोरामा लामो समयदेखि बसोवास गरिरहेका बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा उतिकै सक्रिय छन् । समकालिन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाई विगत तेह्र वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त