लन्डन । अंग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि विलियम वर्डसवर्थको निवास ग्रासमेर, बेलायतमा कृष्ण बजगाईंको नियात्रा सङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक गरिएको छ । बेलायत निवासी साहित्यकार बजगाईंले उक्त नियात्रासङ्ग्रह आफैंले सार्वजनिक गरेका हुन् ।
शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको जापान यात्राका अनुभूति समाविष्ट ‘दाइबुचु’ बजगाईंको तेस्रो नियात्रासङ्ग्रह हो । सङ्ग्रहमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्रामा समेटिएको छ । यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘दाइबुचु’ बजगाईंको एघारौं साहित्यिक कृति हो ।
डायोस्पोरामा लामो समयदेखि बसोवास गरिरहेका बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा उतिकै सक्रिय छन् । समकालिन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाई विगत तेह्र वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे