हालै लेखक विकलचन्द्र आचार्यको नयाँ पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ बजारमा आएको छ । मुलतः स्वास्थ्य र अर्थ व्यवस्थापनबारे लेखिरहने लेखक आचार्यको प्रस्तुत पुस्तक पाचौं कृति हो । आचार्यका यस अघि प्रकाशित कृतिहरुमा ‘लण्डनमा मुटु दुख्दा’ (सन् २०१०), ‘कोरोनरी मुटुरोग’ (सन् २०१०), ‘बेलायती आँगनमा गोर्खाली सुवास’ (नियात्रा सङ्ग्रह, सन् २०११) र ‘मोह’ (उपन्यास, सन् २०१३) पर्दछन् ।
‘बेलायतको वित्तिय अवलोकन’ भित्र जम्मा २३ वटा आर्थिक लेखहरु छन् । लेखक आचार्यले बेलायतको वित्त र अर्थ व्यवस्थापनका बिभिन्न पाटोहरुलाई समेटेर सर्बसाधारणले बुझ्ने भाषामा ती लेखहरु लेखेका छन् ।
‘बेलायतको वित्तीय सामरथ्य’ मा बेलायतका बैंकका सम्पत्तिको कुरा लेखिएको छ । त्यस्तै लेखकले भविष्यमा बेलायतको बैकिङ प्रणाली कस्तो होला ? भन्ने जिज्ञासाको उत्तर खोजेका छन् । उनी लेख्छन् – ‘बेलायतको बैकिङ प्रणाली सन् २०५० मा बेलायतको जिडिपीको ९५० प्रतिशत भन्दा बढी रहने अनुमान विश्लेषकहरुले गरेका छन् । पैसाको कुरा गर्दा बेलायतको बैङ्किङ प्रणालीको कुल सम्पत्ति ६० ट्रिलियन पाउण्ड भन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।’
‘बेलायतको बैङ्किङ इतिहास’ मा बेलायतमा बैंक स्थापना र विकास कसरी भयो भन्ने रोचक सन्दर्भहरु छन् । त्यस्तै लेखकले युरोपमा बैंकिङ कसरी हुँदै आयो भन्ने कुरालाई पनि प्रस्तुत गरेका छन् ।
‘ऋणमा अडिएको अर्थतन्त्र भासिंदा’ लेखमा बेलायतमा सन् २००८ मा भएको आर्थिक मन्दी तथा अर्थतन्त्रमा त्यस्तो अवस्थाका कारणहरुका बारेमा चर्चा गरिएको छ । सो बेलादेखि बेलायतमा चर्चामा रहिरहेको शब्द ‘अस्टेरिटी’ को अर्थ केलाउँदै लेखक आचार्य लेख्छन् – ‘अस्टेरिटी भनेको राज्यले खर्च कम गर्ने र आर्थिक क्षेत्रमा मितव्ययिता बढाउने कार्य हो ।’
‘पाउण्ड स्टर्लिङ र अवमुल्यनको इतिहास’ मा बेलायती मुद्रा पाउण्ड स्टर्लिङको इतिहास १२०० बर्ष पुरानो भएको कुरा चर्चा गरिएको छ ।
‘सम्पत्ति शुद्धिकरणमा नेपालले लिनु पर्ने शिक्षा’ पुस्तकको एक महत्वपूर्ण लेख हो । यसमा गैरकानुनी रुपमा गरिने कारोबारको नियन्त्रण बारे बर्णन गरिएको छ । बेलायतको आर्थिक क्षेत्रमा प्रयोग हुने शब्द ‘मनि लाउन्डरिङ’ नै सम्पत्ति शुद्धिकरण भएको लेखक आचार्यले बताएका छन् । गैरकानुनी रुपमा कमाएको पैसालाई कानुनी रुपमा नै कमाएको हो भनेर देखाउन गरिने नक्कली तरिकाहरु ‘मनि लाउन्डरिङ’मा पर्छन् ।
‘क्रेडिट स्कोरले ल्याएको आर्थिक क्रान्ति’ अर्को महत्वपूर्ण लेख हो । बेलायतमा क्रेडिट स्कोरको एकदमै महत्व हुन्छ । गाडीदेखि लिएर घर किन्नका लागि ऋण लिनु पर्दा बेलायतमा बैंकले क्रेडिट स्कोरका आधारमा ऋण दिने गर्दछ । यदि क्रेडिट राम्रो छैन भने ऋण पाउन सकिंदैन ।
‘बैंक लकरबारे बेलायतबाट सिक्नु पर्ने पाठ’ मा आफ्नो सम्पत्ति सुरक्षित रुपमा राख्नका लागि बैंक लकरको प्रयोग गरिने चलनको बारेमा चर्चा गरिएको छ । बैंक लकरलाई कसरी अझ धेरै सुरक्षित बनाउन सकिन्छ र लकरका राखिने गैरकानुनी कमाई र नगदलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने बारेमा नेपालले बेलायतबाट धेरै कुरा सिक्न सक्छ ।
‘बेलायतको इयू जनमत सङ्ग्रह – २०१६’ र ‘ब्रेक्जिट र बेलायतमा इमिग्रेसनको इतिहास’ लेखहरुमा बेलायतमा युरोपियन युनियनबाट बाहिरिनका लागि गरिएको जनमत सङ्ग्रह र त्यसपछिका प्रक्रियाहरुको चर्चा गरिएको छ ।
‘नेपालका राजनीतिक संस्कारको खाँचो’ लेखमा बेलायतको विकासमा यहाँको राजनीतिक संस्कारले ठूलो भूमिका खेलेको चर्चा छ । लेखक आचार्य लेख्छन् – ‘धेरै वर्ष बेलायतमा रहेर संसदीय व्यवस्थाको अनुभूति गर्दा यहाँको विकासको खम्बा भनेको राजनीतिक संस्कार, इमान्दारिता, कर्तव्यपरायणता र आफ्नो क्षेत्रमा दक्षता नै हो ।’
पुस्तकमा लेखकले बेलायती अर्थतन्त्रका ती पक्षहरुका बारेमा लेखेका छन्, जसको आधारभुत जानकारी बेलायतमा बस्ने नेपालीहरुलाई हुनु आवश्यक छ । त्यस्तै नेपालमा बसेर बेलायतका वित्तिय पक्षको बारेमा जान्न चाहनेहरुका लागि पनि पुस्तक उपयोगी छ ।
अर्थ र वित्त व्यवस्थापन सम्बन्धी पुस्तकहरु बिभिन्न बिषयगत प्राबिधिक कुराहरुले भरिएका हुन्छन्, तर विकलचन्द्र आचार्यको प्रस्तुत पुस्तक सबैले बुझ्न सक्ने भाषामा लेखिएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो