
२६ अगस्ट २०२५ मा आयोजित समारोहमा एनआरएनए यूके निर्वाचन समितिका प्रतिनिधि तथा राज्य समन्वय परिषद् वेल्सका पूर्वप्रमुख संरक्षक रामचन्द्र पोखरेलले नवनिर्वाचित अध्यक्ष डा.विकास रानाभाटसहित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।
कार्डिफ, वेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद्, वेल्सको २०२५–२०२७ कार्यकालका लागि निर्वाचित कार्यसमितिले शपथ लिएको छ ।
शपथ ग्रहणपछि सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘शपथग्रहण केवल औपचारिक प्रक्रिया होइन, यो समुदायप्रति समर्पण, उत्तरदायित्व र पारदर्शिताको गहिरो प्रतिबद्धता हो ।’
शपथग्रहणपछि बसेको पहिलो कार्यकारिणी बैठकमा अध्यक्ष डा. रानाभाटले प्रस्तुत गर्नुभएको आगामी कार्यकालका प्राथमिकता र कार्ययोजना सर्वसम्मत रूपमा पारित गरिएको थियो । बैठकले एनआरएनए यूके राज्य समन्वय परिषद्, वेल्सका संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेका पूर्वउपाध्यक्ष रामचन्द्र पोखरेललाई प्रमुख संरक्षकको रूपमा नियुक्त गरेको छ । साथै, एनआरएनए अभियान तथा वेल्सको नेपाली समाजमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वहरू, एनआरएनए यूके राज्य समन्वय परिषद्, वेल्सका निवर्तमान अध्यक्ष विभूषणमान श्रेष्ठ, नेपाली समाज वेल्सका अध्यक्ष पदम पुन, एनआरएनए अभियन्ता तथा नेपाली समाज वेल्सका पूर्वअध्यक्षहरु लक्ष्मी केसी र निरलाल मोक्तान तथा धर्म–संस्कृतिक अभियान यूकेका अध्यक्ष ज्योतिष पण्डित डा.थानेश्वर पाण्डेलाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।
कार्यक्रम महासचिव डा.अमरध्वज मल्लले सञ्चालन गर्नुभएको थियो । अध्यक्ष डा.रानाभाटले सम्पूर्ण कार्यसमितिका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भावी कार्ययोजनाहरू सफलरुपमा कार्यान्वयन गर्न सबै सदस्यहरूलाई संस्थागत एकता, पारदर्शिता र सेवाकेन्द्रित हुँदै राज्य समन्वय परिषद्, वेल्सलाई अझ प्रभावशाली बनाउने कार्यमा योगदान पुर्याउन आह्वान गर्नुभयो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा