लण्डन । तनहुँ समाज युकेको १२ औँ वार्षिकोत्सव शनिबार फार्नब्रोमा सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी कार्यक्रमका प्रमुख अतिथि थिए । समाजका अध्यक्ष लेख गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशर रानाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । समाजका सचिव वेदराज पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, शिव कल्चर सेन्टर युकेका अध्यक्ष रोहित गुरुङ, ठकुरी समाज युकेका अध्यक्ष रामराज मल्ल, पञ्चासे समाज युकेका अध्यक्ष शिवशरण गुरुङ, पाल्पाली भन्ज्याङ युकेका अध्यक्ष वाचस्पति रेग्मी, मगर संघ युकेका उपाध्यक्ष राम गलामी, तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, पीपल मोर्गेजका सूर्य गुरुङ, मगर बुद्धिष्ट समाज युकेका अध्यक्ष कर्ण दर्लामीलगायत अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै राजदूत सुवेदीले नेपाली-नेपाली बीच एकता हुनुपर्नेमा जोड दिए । उनले छोराछोरीलाई नेपाली भाषा, सँस्कृति, सँस्कार सिकाउन पनि सुझाव दिए । राजदूत सुवेदीले बेलायतमा नेपालीलाई परिआए रातिको १२ बजे पनि नेपाली दूताबास खोल्न आफू तयार रहेको बताए ।
कार्यक्रममा अध्यक्ष गुरुङले समाजका बारेमा जानकारी दिँदै १२ वर्षअघि स्थापित समाजमा अहिलेसम्म नेपाली राजदूतको उपस्थिति हुन नसकेकोमा यसपटक राजदूतको उपस्थितिले समाजलाई प्रोत्साहित बनाएको बताए ।
कार्यक्रममा समाजमा उदाहरणीय कार्य गरेका, आजिवन सदस्य लिएका र शैक्षिक उपलब्धि हासिल गरेका विभिन्न व्यक्तित्वहरुलाई प्रसंशा पत्र र मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकार प्रीति आले र पवन राना तथा मनसुधन थापामगरले ‘लाइभ’ गीत गाए भने ‘लाइभ’ कौरा र नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै