लन्डन । एनआरएनए यूके निर्वाचन संघारमा छ । सेप्टेम्बर १४ मा नयां कार्यसमितिका लागि निर्वाचन तय भइसकेको छ भने यतिखेर सदस्यता नवीकरण र नयां बन्न खुबै चटारो छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव जस्ता पदमा उम्मेदवारी घोषणा गर्ने क्रमले पनि गति लिएको छ ।
यही सिलसिलामा वकिंग निवासी एक जना सफल व्यवसायी तथा समाजसेवी सुनिल खड्काले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन् । बेलायतको नेपाली डायस्पोरामा स्वच्छ छवि बनाएका शालिन, मनका धनी, कम बोल्ने तर छायांमा रहेर काम गरिरहने प्रवृत्तिका खड्का बलियो प्रत्यासी मानिएका छन् ।
विगत १८ वर्षदेखि बेलायत बस्दै आएका चितवनका खड्का एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छन् । ‘मेरो विभिन्न संघसंस्थामा आवद्धताको अनुभव, श्रोत साधन, परिवार र समयले साथ दिएकाले पनि यसपटक मैले उपाध्यक्षमा उम्मेदवारी दिने सोच बनाएं’- मिडियामा छाइरहन उत्ति नरुचाउने खड्काले भने, ‘एजेण्डाका बुंदाहरु थुपारेरमात्र भन्दा पनि अध्यक्षको योजनामा मेरो पूर्ण साथ रहनेछ । यत्ति भन्न सक्छु कि मैले आफ्नो पदमा रहेर न्यायोचित कार्यसम्पादन गर्नेछु ।’
वकिंग नजिक वेष्ट बाइफ्लीटमा विगत एक दशक देखि ‘न्यू हवेली’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खड्काले कर्मथलो र मातृभूमिका लागि गरेका निस्वार्थ सहयोगको ‘लिस्ट’ लामै छ । ‘मैले आफ्नो व्यवसायको केही हिस्सा समाजसेवामा लगाउंदै आएको छु’- उनले सुनाए, ‘भर्खर बेलायत छिर्दाताकाको संघर्षपूर्ण जीवन, उतारचढाव भोग्दै पछिल्लो व्यवसायिक सफलताले मलाई केही दिनसक्ने विन्दुमा पुरयाएको छ । म एनआरएनए नेतृत्वमार्फत समाजसेवालाई अझ तीव्रता दिन चाहन्छु ।’
खड्काले मतदाताको अमुल्य मत खेर जान नदिने बताउंदै आफूलाई जिताइदिन अपिल समेत गरेका छन् ।
एनआरएनए यूके सल्लाहकार एवं परोपकार समितिको सदस्य सचिव, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य, चितवन एड ट्रष्ट (क्याट) यूकेका पूर्व उपाध्यक्ष एवं सल्लाहकार खड्काका लागि दान र कल्याणकारी कार्य ‘पर्याय’ बनिसकेका छन् । कसैलाई आपतविपत पर्दा उनको मन पग्लिहाल्छ । चर्चाका लागि उनी सहयोग गर्दैनन्, बरु सांच्चिकै आपत परेको मानिसलाई हात फैलाउन उनी पछि हट्दैनन् ।
बेलायतमा हुने च्यारिटीमा नियमित जसो संलग्नता र सहयोगमा उनले कमी हुन दिएका छैनन् । नेपाल जांदा हरेक पटक धेरथोर चन्दा दिएर फर्कन्छन् उनी । केही महिना अघि होलिडेमा गएका बेला पनि उनले च्यारिटीलाई प्राथमिकता दिए । ‘नेपाल पर्यटन वर्ष २०२०’ को प्रवर्धनसहित एकजना बेलायतीलाई नेपाल घुमाउन संगै लगेका खड्काले नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरे । गत वर्ष उनले चितवनको आइ बैंकलाई एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए ।
उनले करिब दुई महिनाअघि अल्डरसटस्थित शिव कल्चरल सेन्टरलाई शिव मन्दिर स्थापनार्थ एकहजार एक पाउण्ड दिए । सन् २०१७ नोभेम्बर दोश्रो साता परफर्ड वेष्ट बाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड प्राइमरी स्कुललाई एकहजार १७ पाउण्ड आर्थिक सहयोग गरेका थिए । मोटामोटी हिसाव गर्दा पनि हालसम्म झण्डै दश लाख रुपैयां सहयोग गरिसकेका छन् उनले ।
हालैमात्र ‘रिलोकेट’ गरि सञ्चालनमा ल्याइएको खड्काको ‘न्यू हवेली रेष्टुरेन्ट’ सो क्षेत्रमा व्यस्त फाइन डाइन रेष्टुरेन्ट मध्ये पर्छ । उनको प्रोपर्टी विजनेश समेत छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त