लन्डन । लन्डनस्थित एकजना अनुभवी सेफ भिमलाल भट्टराईले एनआरएनए यूकेको आसन्न निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एम्पायर हलमा शनिबार एक पत्रकार सम्मेलन गरि भट्टराईले एनआरएनए यूकेमा सुधारको अठोटसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
‘म गर्न नसकिने ठूला प्रतिवद्धता गर्दिन्’, भट्टराईले कार्यक्रममा भने, ‘म संग यस्ता केही एजेन्डा छन् जसको कार्यान्वयनले एनआरएनलाई एक तह माथि लैजान सहयोग पुग्ने मेरो विश्वास छ ।’
आफ्नी श्रीमति ढाकाकुमारी शर्मा भट्टराईलाई साथ राखेर कार्यक्रममा उपस्थित भएका भट्टराईले महिला सशक्तिकरण, सदस्यता विस्तार, संस्थाहरुलाई एकजुट गराएर भूपू गोर्खा मुद्दा समाधानमा पहल, उम्मेदवारहरुले व्यक्त गरेका प्रतिवद्धता कार्यान्वयनमा ‘फलोअप’, नयां पुस्तालाई एनआरएन र मातृभूमिसंग जोड्न विशेष कार्यक्रम ल्याउने जस्ता प्रतिवद्धता व्यक्त गरे । दोहोरो नागरिकता सवाल र अन्य राष्ट्रिय मुद्दामा आफूले नयां कार्यसमितिलाई सक्दो सहयोग गर्ने अठोट पनि उनको छ ।
पर्वत शालिग्रामका स्थायी वासिन्दा भट्टराई भारत, कुवेत हुंदै सन् २००७ देखि बेलायत बस्न थालेका हुन् । उनले पर्वत वेलफेयर सोसाइटी यूकेको सदस्य र नेपलिज सेफ एसोसिएसन यूकेको संस्थापक सचिव भएर काम गरिसकेका छन् । एनआरएनए यूकेमा भने कार्यसमितिमा नभएपनि बाहिर बसेर हरेक लोककल्याणकारी कार्यहरुमा साथ दिएको उनले बताए ।
प्रकाश न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आले, पूर्व अध्यक्ष नरजंग गुरुङ, कोषाध्यक्ष सुरज पौडेल, पत्रकार बाचस्पति रेग्मी, समाजसेवी नारायण कोन्मे आदिले शुभकामना दिए । वक्ताहरुले सचिवका प्रत्यासी भट्टराईलाई भिजनसहित रणनीतिक रुपमा अघि बढ्न सुझाव दिएका थिए ।
पर्वत वेलफेयर सोसाइटी यूकेले आफ्ना सदस्य भट्टराई जिताउन सक्दो सहयोग गर्ने वचन दिएको छ ।
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ