लन्डन । गोर्खा नेपलिज कम्युनिटी, लन्डन वरो अफ हन्स्लोले १० औँ भिसी कप आयोजना गरी भिक्टोरिया क्रस तक्माबाट विभूषित बहादुरहरूका पनि बहादुर १३ वीर गोर्खालीलाई सम्झना गरेको छ ।
फेल्थाम कम्युनिटी कलेजको फुटबल मैदानमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथि एमपी सीमा मल्होत्रा, उपमेयर रघुविंदर सिधु, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर हानी खान, काउन्सिलर हिना मिर, गोर्खाली आर्मीमा उच्च पदमा पुगेका लेफ्टेनेन्ट कर्णेल याम राना, लेफ्टेनेन्ट कर्णेल टोल खाम्चालगायत थुप्रै गोर्खा अफिसरहरूको उपस्थिति थियो । यस अवसरमा भिसी गजे घलेका सुपुत्र डम्मर घले र भिसी तुलबहादुर पुनकी सुपुत्री माया पुनको पनि विशेष उपस्थिति थियो ।
रोयल ब्रिटिश लिजनसहित क्याडेट फोर्सले मार्च गरेको परेडमा जोन वेदर्सले परेड कमाण्डर गरेका थिए भने डिपुटी लेफ्टेनेन्ट लण्डन वरो अफ हन्स्लोले जनरल सलुट लिएको थियो ।
मेलामा नेपाली परिकारको टेन्टसहित अन्य विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) ले जानकारी दिएका थिए । यस्तै ए स्टार फाइनान्सियल सोलुसन्स्का मीन दर्लामी र किशोर रानाले मोर्गेजबारे जानकारी दिएका थिए । सारु इमेजका प्रोप्राइटर भीम सारूद्वारा कस्टम प्रिन्टसहित विभिन्न आर्मीका सामान राखिएको थियो ।
संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा भएको कार्यक्रम संयोजन संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव बम थापा (सूर्यवङ्शी) ले मेमोरियल परेड सञ्चालन गरेका थिए ।
संस्थाका सल्लाहकार पोमु लिम्बूको संयोजकत्वमा तेक्वान्डो शो राखिएको थियो भने स्थानीय नेपाली कलाकारहरूको आकर्षक नृत्यसहित पाइपर र धौलागिरी नौमती बाजा धुनले सबैको ध्यान आकृष्ट गरेको थियो । कार्यक्रममा उल्लेख्य नेपाली सहभागी थिए ।
सचिव लाल रोकाको संयोजकत्वमा फुटबल अन्डर १६, भेटेरान र मेन टिम गरी ३ खालका प्रतिष्पर्धा भएका थिए । प्रतियोगितामा अन्डर १६ को उपविजेता १९७ फेल्थाम भएको छ भने एफसी केन्ट विजय भए । त्यस्तै गरी भेटेरानका डिएफसी उपविजेता र इलाम एफसी विजेता भएको छ । भेटेरानमा धेरै गोल गरेर ‘टप स्कोर’ को उपाधि बीबीसीका मिलन राईले पाए भने ‘म्यान अफ दि म्याच’ डिएफसीका प्रेम लिम्बुले पाएका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त