लन्डन । गायिका आनी छोइङ डोल्माको च्यारिटी नाइटबाट करिब ४५ हजार पाउण्ड संकलन भएको छ । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ गरेको च्यारिटीमा करिब ९ सय मानिस सहभागी भएका थिए । कार्यक्रम गत ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा भएको हो ।
आनीले बुद्ध सम्बन्धि प्रवचन र केही गीत गाएपछि गरिएको ‘ब्रेक’ मा करिब २५ हजार पाउण्ड प्रतिवद्धता आएको बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव एवं कार्यक्रम संयोजक कमल कोने गुरुङले जानकारी दिए । च्यारिटी नाइटको टिकेट शुल्क ५० र १०० पाउण्ड थियो । महासचिव गुरुङका अनुसार, गुम्बा निर्माणका लागि यो च्यारिटी नाइटसहित यसअघिका विभिन्न चन्दामार्फत करिब दुई लाख पाउण्ड संकलन भइसकेको छ ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त च्यारिटीमा आनी प्रमुख आकर्षण बनेकी थिइन् । उनले ‘फूलको आंखामा फूलै संसार’ सहित अन्य कयौं गीत गाइन् । अन्तिमतिर आमा… बोलको गीत गाउंदा हल स्तब्ध भएको दर्शकहरुले बताएका छन् । आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र मानव कल्याणमा समर्पित गरेकी आनीको प्रवचनले पनि मानिसलाई मन्त्रमुग्ध पारेको थियो ।
आनीलाई लोकप्रिय संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन र प्रिन्स नेपालीले साथ दिएका थिए । कार्यक्रममा संगीतकार बज्राचार्यले पनि आफ्ना चलेका आधा दर्जनजति गीत गाए ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले रेडिङमा गुम्बाको आवश्यकता मध्यनजर गर्दै निर्माण परियोजना अगाडि बढाइएको बताए । यसमा स्थानीय मेयर र काउन्सिलले पनि सहयोगको वचन दिएका छन् । तस्विरहरु- शंकर गुरुङ
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे