लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले लन्डनमा भव्य सांस्कृतिक समारोहबीच ३३ औं वार्षिक उत्सव मनाएको छ । ग्रीनफोर्ड टाउनहलमा शनिबार वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोसेलीको बेलायतमा नेपाली कला, संस्कृति र भाषा संरक्षण, संवर्धन एवं विकासमा अतुलनीय योगदान रहेको बताए । डा. सुवेदीले बेलायतमा पनि नेपाली कला संस्कृति जीउंदो र जीवन्त राख्न अनि समाजलाई जगाउन र जोगाउन कोसेलीले राजदूत र दूतावासले गर्ने भन्दा ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे । ‘बेलायतमा नेपाली जाती र समाज जोगाउने अभियान हो तपाईंहरुको’, राजदूतले भने, ‘कोसेलीले नेपाल र नेपालीको पहिचान जोगाइराख्न सधैं चिन्ता र चिन्तन बोकेको छ ।’
अध्यक्ष शर्मिला सिंहले कोसेलीले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति र भाषाको संरक्षण, संवर्धन र उल्लेखित कुरा नयां पुस्तामा हस्तान्तरण गर्न प्रयत्न गरिहेको जनाइन् । विदेशमा बसेर नेपाली मौलिक कला, संस्कृतिलाई जीवन्त राख्न ठूलो चुनौति सामना गर्नुपरिरहेको पनि सिंहले बताइन् । ‘अनेक व्यवधानबीच पनि विभिन्न स्वरुपबाट हामीहरु नेपाली पहिचानका लागि प्रयासरत छौं’- उनले भनिन् ।
सबै उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई गीत संगीत अनि नृत्यको माध्यमबाट नेपाली कला संस्कृतिको केही अंश भावी पुस्तामा हस्तान्तरण गरिरहेको र आफूहरुको अभियानमा आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव एवं सक्रिय सहभागिता रहिरहने विश्वास अध्यक्ष सिंहको थियो ।
कार्यक्रममा कोसेली संस्थापक अध्यक्ष मदन थापाले पनि मन्तव्य दिएका थिए ।
कार्यक्रममा कोसेलीका पूर्व अध्यक्षहरु वसन्त रायक्षेत्री, अमृत गुरुङ, दूतावासका द्वितिय सचिव लव सुवेदी आदि अतिथी गरि सयौं सहभागी थिए ।
कार्यक्रममा कोसेली परिवार र बालबालिका गरि झण्डै ७५ जना कलाकारले विभिन्न गीत संगीत एवं नृत्य प्रस्तुत गर्दा माहोल निकै तातेको थियो । स-साना बालबालिकाले नेपाली राष्ट्रिय गान आफैंले गाए । सो अवसरमा नृत्यका विभिन्न ‘भेराइटी’ प्रस्तुत गरिए ।
पूर्व अध्यक्ष अमृत गुरुङले सन्चालन गरेको औपचारिक कार्यक्रममा महासचिव खेमराज गौतम र उपाध्यक्ष रुवी थापाले स्वागत मन्तव्य दिए ।
दोश्रो चरणको सांगीतिक कार्यक्रम सन्चालन निस्चल दाहाल र रस्मिता दर्लामीले गरेका थिए भने संगीत संयोजन अमर लामा र डान्स कोअर्डिनेटर/कोरियोग्राफर गीता थापाले गहन भूमिका निर्वाह गरेका थिए ।
तस्विर- नेपालीसमाजयूकेडटकम
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम