लन्डन । विदेशका दर्जनौं मुलुक घुमेपनि फुटबलर विक्रम लामालाई बेलायत बेग्लै अनुभूति भएको छ । ‘अरु बेला टिमसंग खेल खेल्न गएको हुन्थें । कोच र अफिसियलका अगाडि स्वतन्त्र हुन मिल्दैनथ्यो’, बुधबार सांझ व्यक्तिगत भ्रमणका लागि लन्डन उत्रिएका लामाले भने, ‘अनुशासनभन्दा यसपटक बिन्दास छ । जता घुमेपनि, भेटेपनि कसैको रोकतोक हुने छैन् ।’
तर, यो होइन एक्लै भएर उनले बाटो बिराउनेछन् । सोहोतिर टहलिने छन् । बरु फुर्सदिलो समय विभिन्न इंगलिस क्लब र पदाधिकारी भेट्ने, नेपाली समुदायसंग साक्षात्कार गर्ने र लन्डनका केही ऐतिहासिक धरोहर अवलोकन उनको योजना छ ।
नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा पहिलो पटक बेलायत आएका थ्री स्टार क्लबका टिम क्याप्टेन लामा ‘फिजियोथेरापी’ र खेल अभ्यास गर्ने योजनामा पनि छन् । नेपाली फुटबलमा उत्कृष्ट मिडफिल्डर मानिने लामा खुट्टाको इन्जुरीका कारण केही समय थलिएका थिए । ‘राम्रो ठाउं आएका बेला खुट्टाको फलोअप पनि गर्ने सोचेको छु’, उनले सुनाए, ‘फुटबलको जननी देशमा आउंदा यहांका क्लब अवलोकन र अभ्यासका लागि कुरा भइरहेको छ । बेलायतको तीन साता बसाइ रचनात्मक काममा खर्चने छु ।’
आउंदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा स्वागतयोग्य भएको उनले बताए । तर, राज्यले खेलाडीहरुलाई थप हौसला दिनुपर्ने उनको धारणा छ ।
नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत र एनआरएनए यूकेले लामासंग साक्षात्कार कार्यक्रम तय गरिसकेको संघका अध्यक्ष क्षेत्रीले जनाए ।
नेपाली फुटबल इतिहासमा नयां होइनन् लामा । सन् २०१२ देखि राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाएर नेपाललाई कयौं पदक दिलाइसकेका छन् ।
सन् २०१६ मा आयोजित १२ औं साउथ एसियन गेम्समा स्वर्ण पदक दिलाउन उनको पनि अहंम भूमिका छ, जतिबेला उनी नेपाली राष्ट्रिय टिमको उपकप्तान थिए । सन् २०१६ मै बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप र मलेसियामा आयोजित सोलिडारिटी कपमा नेपाली टिम वीनर हुंदा उपकप्तान लामाले ‘क्रेडिट’ नपाउने त कुरै भएन । कान्तिपुर
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने