आरजिएनएसमा महिला पकड


लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी 
(आरजिएनएस) मा महिला सहभागिता उल्लेख्य भएको छ । १३ सदस्यीय नयां कार्यसमितिमा महिलाको संख्या ६ छ र उनीहरु पदाधिकारीको भूमिकामा छन् । गत आइतबार प्लमस्टिडमा सम्पन्न संस्थाको अधिवेशनले शर्मिला हिराचन थकालीको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।

नयां कार्यसमितिमा जित रानाभाट र लिलादेवी गुरुङ उपाध्यक्ष चुनिएका छन् भने महासचिवको जिम्मेवारी मञ्जु खरेल भण्डारीले पाएकी छन् । त्यसैगरि, कोषाध्यक्षमा कुमार जोशी, सहकोषाध्यक्षमा श्रद्धा थापा र सचिवमा ज्योत्सना बस्नेत चुनिए ।

मञ्जु खरेल भण्डारीका अनुसार, कार्यसमिति सदस्यहरुमा तिलकराम भट्टराई, अञ्जना थापा, चक्र राना, रुद्र गौतम, खेम शर्मा र समिर भट्टराई छन् ।

संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराएका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष नरेन्द्र कंडेल, एनआरएनए आइसिसी अनररी सदस्य एवं 
आरजिएनएसका वरिष्ठ सल्लाहकार मोहन गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टर यूके अध्यक्ष सुमलकुमार गुरुङ, एनआरएनए आइसिसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके महासचिव प्रत्यासी फडिन्द्र भट्टराई, आरजिएनएसका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पशुपतिनाथ मन्दिरका निवर्तमान अध्यक्ष सहदेव गिरी, निर्वाचन समितिका संयोजक एलएन पाण्डे, विधान समितिका अर्कराज तिम्सिना र सहदेव गिरी लगायतले शुभकामना दिएका थिए ।

निवर्तमान कार्यसमितिका अध्यक्ष हरिगोविन्द गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री