लन्डन । एनआरएनए यूके उपमहासचिव बिनय अधिकारीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उम्मेदवारी दिने भएका छन् । अधिकारी आगामी अक्टोबरमा काठमाण्डौं हुने नवौं सम्मेलनमा सचिव पदमा उम्मेदवार हुन लागेका हुन् ।
बेलायतमा व्यवसाय र गैरआवासीय नेपाली संघजस्ता सामाजिक संस्थामा एकै पटक सकृय रहदै आएका अधिकारी एनआरएन यूके कार्यसमितिमा सकृय भूमिका निर्वाह गर्ने मध्येका एक हुन् ।
एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, सबै नेपाली बीच एकता हुनुपर्छ भन्ने विचार अधिकारी राख्छन् । उनी गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिवमा निर्वाचित भएका थिए ।
नेपाल र नेपालीप्रति भाइचारा सम्बन्ध स्थापित गर्ने, बेलायतमा रहेका भूपू गोर्खाहरुको अधिकार स्थापित गराउने, एनआरएनमा युवाको सहभागिता बढाउने, पारदर्शी, जवाफदेही, उत्तरदायी एनआरएन निर्माण गर्नेजस्ता विभिन्न कार्यहरुमा प्रतिबद्धता सहित निरन्तर लागिरहेको अधिकारी बताउँछन् । गैर आवासीय नेपाली संघ केन्द्रमा रहेर अझ बिशेष भूमिका निर्वाह गर्ने प्रतिवद्दता उनको छ । २०१३ साल साधारण सदस्यपछि एनआरएनएमा लागेका अधिकारी विभिन्न सामाजिक संस्थामा क्रियाशील छन् । चितवन स्थायी घर भएका अधिकारीले चितवन एड ट्रस्टमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एनआरएनए नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्समा गठन गर्ने काममा पनि उनको महत्वपूर्ण भूमिका थियो । एनआरएनए यूकेलाई बेलायतभर पुर्याउने काममा अध्यक्ष योगकुमार फगामीसंगै उनले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । एनआरएनए यूकेले पहिलो पटक तीन संघीय राज्यपरिषद् गर्दै क्षेत्रीय समिति गठन थियो ।
बेलायती सेनामा भूतपूर्व गोर्खामाथि भएको असमानता हटाउन दुवै मुलुकका सरकारले प्राविधिक टोली बनाएर तयार गर्ने काममा एनआरएनए यूकेले विशेष भूमिका निर्वाह गरेको थियो । गैर आवासीय नेपाली संघ केन्द्रमा अध्यक्ष भवन भट्ट, कुमार पन्त लगायत सबैसंग सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँछन् । आइसीसी नेताहरुसँग राम्रो सम्बन्ध रहेकै कारण सजिलै निर्वाचित हुने अधिकारी ढुक्क छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे