लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेले अगुवा नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरेको छ । पार्टी एकता भएपछि पहिलोपटक प्रवासी नेपाली मञ्च यूके र जनप्रगतिशील नेपाली मञ्च यूकेले आइतबार मेरिडियन स्पोर्टस क्लब चाल्टनमा नेता-कार्यकर्ता भेटघाट गरेको हो ।
बिहान १२ देखि ८ बजे सांझ सम्म चलेको भेटघाटमा पूर्व प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, पूर्व जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतमले अगुवा नेता तथा कार्यकर्तालाई संयुक्त रुपमा स्वागत गरेका थिए ।
परिचयात्मक कार्यक्रम गरि औपचारिकतामा परिणत गरिएको भेटघाटमा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पुडासैनीले दुवै पार्टीका नेता कार्यकर्ता अन्तरघुलनले बेलायती नेपाली समाजमा दीर्घकालिन महत्व राख्ने बताए । उनले मञ्च एकीकरणमा केन्द्रका कारण ढिलाई भएपनि नेता कार्यकर्ताहरुको जमघटले सबैमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।
पुडासैनीले समाज परिवर्तनका लागि आसन्न गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनमा पार्टी ‘स्टेक होल्डर’ भएकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सबैसंग निरन्तर छलफलमा रहेको जानकारी दिए । उनले उपस्थित नेता तथा कार्यकर्तालाई एनआरएनए यूकेको सदस्यता लिन र आफ्ना नजिकका साथीभाईलाई दिलाउन सबैमा आग्रह गरे । दुई पार्टी एक भई नेकपा निर्माण भइसकेको अवस्थामा बेलायती नेपाली समाजमा प्रवासी नेपाली एकता मञ्च यूकेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबैको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए ।
पूर्व माओवादी निकट जनप्रगतिशील नेपाली मञ्च यूकेका अध्यक्ष सुरेश गौतमले यस्ता भेटघाटले मञ्चलाई बलियो बनाउने र नेपाली समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बन्ने आशा व्यक्त गरे । उनले एनआरएनए यूके निर्वाचनमा उम्मेदवारी दिने सबै उम्मेदवारसंग पार्टीले छलफल गरि आधिकारिक उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।
उक्त भेटघाटमा नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाल प्रेस काउन्सिलका सदस्य तथा पत्रकार खिलाबहादुर भण्डारी समेतको उपस्थिति थियो । पूर्व ओएनएफका महासचिव विजय लिङ्देनले सञ्चालन गरेको कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यकर्तावीच परिचय समेत भएको थियो । लामो समयदेखि पार्टी काम गरेका सदस्यहरुबीचको भेटघाटलाई घनीभूत पार्दै अघि बढ्नु पर्नेमा अगुवाहरु सहमत थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे