लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेले अगुवा नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरेको छ । पार्टी एकता भएपछि पहिलोपटक प्रवासी नेपाली मञ्च यूके र जनप्रगतिशील नेपाली मञ्च यूकेले आइतबार मेरिडियन स्पोर्टस क्लब चाल्टनमा नेता-कार्यकर्ता भेटघाट गरेको हो ।
बिहान १२ देखि ८ बजे सांझ सम्म चलेको भेटघाटमा पूर्व प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, पूर्व जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतमले अगुवा नेता तथा कार्यकर्तालाई संयुक्त रुपमा स्वागत गरेका थिए ।
परिचयात्मक कार्यक्रम गरि औपचारिकतामा परिणत गरिएको भेटघाटमा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पुडासैनीले दुवै पार्टीका नेता कार्यकर्ता अन्तरघुलनले बेलायती नेपाली समाजमा दीर्घकालिन महत्व राख्ने बताए । उनले मञ्च एकीकरणमा केन्द्रका कारण ढिलाई भएपनि नेता कार्यकर्ताहरुको जमघटले सबैमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।
पुडासैनीले समाज परिवर्तनका लागि आसन्न गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनमा पार्टी ‘स्टेक होल्डर’ भएकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सबैसंग निरन्तर छलफलमा रहेको जानकारी दिए । उनले उपस्थित नेता तथा कार्यकर्तालाई एनआरएनए यूकेको सदस्यता लिन र आफ्ना नजिकका साथीभाईलाई दिलाउन सबैमा आग्रह गरे । दुई पार्टी एक भई नेकपा निर्माण भइसकेको अवस्थामा बेलायती नेपाली समाजमा प्रवासी नेपाली एकता मञ्च यूकेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबैको सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिए ।
पूर्व माओवादी निकट जनप्रगतिशील नेपाली मञ्च यूकेका अध्यक्ष सुरेश गौतमले यस्ता भेटघाटले मञ्चलाई बलियो बनाउने र नेपाली समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बन्ने आशा व्यक्त गरे । उनले एनआरएनए यूके निर्वाचनमा उम्मेदवारी दिने सबै उम्मेदवारसंग पार्टीले छलफल गरि आधिकारिक उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।
उक्त भेटघाटमा नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाल प्रेस काउन्सिलका सदस्य तथा पत्रकार खिलाबहादुर भण्डारी समेतको उपस्थिति थियो । पूर्व ओएनएफका महासचिव विजय लिङ्देनले सञ्चालन गरेको कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यकर्तावीच परिचय समेत भएको थियो । लामो समयदेखि पार्टी काम गरेका सदस्यहरुबीचको भेटघाटलाई घनीभूत पार्दै अघि बढ्नु पर्नेमा अगुवाहरु सहमत थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?