लन्डन । गैरआवासीय नेपाली संघ युके अध्यक्षका चार प्रत्यासीले एनआरएनए आइसीसी सदस्य रामशरण सिंखडाले निर्वाचन आचार संहिताविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारवाही माग गरेका छन् ।
एनआरएनए युकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गाहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युके अध्यक्ष योगकुमार फगामीलाई आइतवार कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् ।
संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारको सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ । उनको क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको समेत दाबी गरिएको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष भवन भट्टलाई समेत बोधार्थ दिएर युके अध्यक्ष फगामीलाई बुझाइएको उजुरीमा आइसीसी सदस्य सिंखडाका गतिविधिले निष्पक्षता माथि गम्भिर प्रश्न खडा भएको जनाइएको छ ।
उजुरीमा यस्ता गतिविधि रोक्न नसके बेलायती नेपाली समाजमा भ्रम सिर्जना भई चरम ध्रुवीकरणमा जाने चेतावनी चार अध्यक्षका प्रत्यासीले दिएका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे