लन्डन । गैरआवासीय नेपाली संघ युके अध्यक्षका चार प्रत्यासीले एनआरएनए आइसीसी सदस्य रामशरण सिंखडाले निर्वाचन आचार संहिताविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारवाही माग गरेका छन् ।
एनआरएनए युकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गाहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युके अध्यक्ष योगकुमार फगामीलाई आइतवार कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् ।
संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारको सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ । उनको क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको समेत दाबी गरिएको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष भवन भट्टलाई समेत बोधार्थ दिएर युके अध्यक्ष फगामीलाई बुझाइएको उजुरीमा आइसीसी सदस्य सिंखडाका गतिविधिले निष्पक्षता माथि गम्भिर प्रश्न खडा भएको जनाइएको छ ।
उजुरीमा यस्ता गतिविधि रोक्न नसके बेलायती नेपाली समाजमा भ्रम सिर्जना भई चरम ध्रुवीकरणमा जाने चेतावनी चार अध्यक्षका प्रत्यासीले दिएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ