लन्डन । एकजना सर्भिङ गोर्खा क्याप्टेन कैलाश लिम्बु अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानको ‘अनेवा नक्षत्र पुरस्कार- २०७५’ बाट पुरस्कृत भएका छन् । प्रतिष्ठानले शनिबार लन्डनमा एक कार्यक्रम गरि गोर्खाली श्रष्टा लिम्बुलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारमा प्रमाणपत्र र ६० हजार रुपैंया छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार बलदेव मजगैयाँले लिम्बुलाई बधाइसहित पुरस्कार प्रदान गरेका थिए ।
लिम्बुको अंग्रेजी पुस्तक ‘गोर्खा’ का लागि उक्त पुरस्कार प्रदान गरिएको हो । विगत २० वर्षदेखि ब्रिटिश आर्मीमा सेवारत लिम्बुले उक्त पुस्तकमा अफगानिस्तान युद्धभूमिमा बिताएका क्षण, लाहुरे जीवन, आफ्नो संघर्ष, उतारचढाव आदि उल्लेख गरेका छन् । ‘गोर्खा’ पुस्तक सन्डे टाइम्सको ‘टप टेन वेष्ट सेलर’ मा समेत परेको थियो । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठका अवसरमा सन् २०१५ मा प्रकाशित उक्त पुस्तक लेख्न लिम्बु ब्रिगेड अफ गोर्खाका कयौं अफिसर मध्येबाट छनोट भएका थिए ।
पुरस्कार ग्रहणपछि लिम्बुले प्रतिष्ठानप्रति आभार व्यक्त गरे । ‘यसले मलाई थप हौसला प्रदान गरेको छ’- नेपाली समुदायका कार्यक्रममा खासै नदेखिने लिम्बुले भने, ‘मेरो अर्को कृति पनि छिट्टै प्रकाशनको तयारीमा छ । तपाईंहरुको पुरस्कारले मलाई थप उर्जा मिलेको छ ।’
प्रतिष्ठानले स्थापनाकाल २०१२ देखि नै वर्षेनी एक जना श्रष्टालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट मदन पुरस्कार विजेता अमर न्यौपाने, सांसद शान्ता चौधरी, लेनिन बन्जाडे, नारायण अमृत लगायत सम्मानित भइसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार बलदेव मजगैयांले लेखन भावनाबाट प्रेरित भएर आउनुपर्ने बताउंदै लिम्बुको पुस्तकले युद्धभूमिको ताजा स्मरण गराउने बताए । मजगैयांले आफू पनि प्रजातन्त्रका लागि बन्दुक बोकेको स्मरण गर्दै लिम्बुको कलम अझ रफ्तारमा बढोस् भन्ने शुभकामना दिए ।
प्रतिष्ठानकी महासचिव जया लक्ष्मी राईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विकलचन्द्र आचार्यको हालै नेपालमा विमोचित पुस्तक ‘बेलायतको वित्तिय अवलोकन’ पुनः विमोचन गरियो । प्रमुख अतिथी मजगैयाँ र पुरस्कृत श्रष्टा लिम्बुले उक्त पुस्तक विमोचन गरेका थिए । उक्त पुस्तकमा बेलायतको सय वर्षको आर्थिक परिदृश्य, बैंकिङ प्रणाली, औद्योगिक क्रान्ति, नवउदारवादमा विभाजित अर्थतन्त्र, बेलायतको वित्तिय सामथ्र्य, ब्रेक्जिट, इयू जनमत संग्रह, बैंक लकर, सम्पत्ति शुद्धीकरण आदि विषय समेटिएका छन् ।
कार्यक्रमका सभापति विकलचन्द्र आचार्यले चर्चा बटुलेका श्रष्टामात्र नभई ओझेल परेर साहित्य लेखनमा सक्रिय प्रतिभाहरुलाई समेत उजागर गर्न प्रतिष्ठानले नियमित पुरस्कार प्रदान गर्दै आएको बताए । उनले प्रतिष्ठान बेलायतको नेपाली डायस्पोरामा नेपाली भाषा, संस्कृतिको प्रवर्धनमा लागि रहेको पनि जनाए ।
कार्यक्रममा कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्यसहित लिम्बुको पुस्तकको संक्षिप्त परिचय दिएका थिए । उनले अंग्रेजी कृति ‘अ सुसाइट नोट’ बाट ‘दि क्रियसन’ शीर्षकको एउटा कविता पनि सुनाए भने महासचिव जया राईले युद्ध मैदानबाट शीर्षकको कविता वाचन गरेकी थिइन् ।
तस्विर सौजन्य- भरत रोका
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’