लन्डन । बेलायतको रेडिङ क्षेत्रका प्राज्ञिक व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रमुख र सामाजिक अभियन्ताहरुको उपस्थितिमा प्रतिमा कुमार फाउन्डेसन गठनको औपचारिक घोषणा गरिएको छ । फाउन्डेसनका निर्देशक कुमार केसीका अनुसार फाउन्डेसनले हरेक वर्ष जन्मभूमिमा कुनै माध्यमिक विद्यालय तहमा अध्ययन गर्ने बेसहारा तर जेहेन्दार कम्तिमा एक जना विद्यार्थीलाई पठनपाठनमा पूर्ण सहयोग गर्ने गरि फाउन्डेसन स्थापना भएको हो ।
कवि प्रतिमा केसीको कविता संग्रह पानीको विद्रोहको परिचर्चा तथा बेलायतका सर्जकहरुको संयुक्त सांगीतिक एल्बम संयोगको लोकार्पण कार्यक्रम आयोजना गरेको फाउन्डेसनले यस वर्ष रुपन्देही जिल्लाको पशुपति मावि र गंजेडी माविका एक एक जना छात्रालाई पठनपाठनका लागि आवश्यक सहयोग गर्नेछ ।
कार्यक्रममा डा. दुबसु क्षेत्रीद्वारा हालै विमोचित प्रतिमा केसीको कविता संग्रह पानीको बिद्रोहको समीक्षा गर्दै बेलायत नेपाल प्राज्ञिक परिषदका अध्यक्ष तथा अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले उक्त कृति प्रवासमा जन्मिएको एउटा उत्कृष्ट साहित्यिक कृति भएको र यसले परदेशी जीवन, नारी चेतना, नेपाली समाज र समाजमा घट्ने विविध घट्नाहरुलाई सरल शब्दहरुको माध्ययमबाट गहन रुपमा उठाएको कुरा बताए । उनले कवयित्रीले संग्रहमा नारीवादी धारलाई समातेको भन्दै प्रशंसा गरे ।
साहित्य संगम युकेका संयोजक बिनोद अधिकारी, वातावरण साहित्यकार विजय हितान, प्रा. नारायण गुरुङ, गीतकार नारायण कंडेल र नेपालमा शिक्षा क्षेत्रमा लामो समय काम गरेका धीरज कायस्थले कृतिमा प्रयोग भएका बिम्ब, रस र यसले बोकेको चेतना र संरचनागत विविध पक्षमा समीक्षा गरेका थिए । धीरज कायस्थले कृतिमा रहेका सबै कविताको शिर्षकलाई समेटेर विषयसूची शीर्षकमा बनाएको कविताको निकै चर्चा भएको थियो ।
कार्यक्रममा बेलायतका सर्जकहरु प्रतिमा केसी, रमेश कायस्थ, कुमार केसी, यादव श्रेष्ठ, कृष्ण आचार्य र नारायण कंडेलको शब्द र रमेश कायस्थको एकल संगीत रहेको सांगीतिक एल्बमको प्रमुख अतिथी डा. कृष्ण अधिकारी, प्रा. नारायण गुरुङ, साहित्य संगमका संयोजक बिनोद अधिकारी, धिरज कायस्थ र पूर्णदेबी कायस्थले संयुक्त रुपमा विमोचन गरेका थिए । उक्त एल्बममा नेपालका चर्चित गायकहरु प्रमोद खरेल, अन्जु पन्त, राज सिग्देल, राजेश पायल राई, मेलिना राई र विश्व नेपालीको स्वर रहेको संगीतकार रमेश कायस्थले बताए ।
जनता प्रकाशन तथा प्रसारणले प्रकाशित गरेको उक्त कृतिमा नेपाली साहित्यका वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ ले भूमिका र डा. दुबसु क्षेत्रीले शुभकामना मन्तब्य लेखेका छन् । साहित्यकार डा. रुपक श्रेष्ठ, लक्ष्मी राई (लारा), दुर्गा प्रसाद पोख्रेल तथा बिनोद अधिकारीले संक्षिप्त शुभकामना भनाइ लेखेको उक्त कृतिमा अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारी, वातावरण साहित्यकार विजय हितान र समालोचक बासु शर्माले समेत समालोचनात्मक टिप्पणी लेखेका छन् ।
कार्यक्रममा बेडफोर्डसायर युनिभर्सिटीका प्रोफेसर डा. कृष्ण राज रेग्मी, सामाजिक अभियन्ता विश्वआदर्श पण्डित, रेडिङ नेपाली समाजका अध्यक्ष टेक बहादुर गुरुङ, यादव श्रेष्ठ, भीमसेन खड्का, समाजका महासचिव ओमकार अधिकारी, अर्जुन बस्नेत, कृष्ण आचार्य र सुवास दाहालले शुभकामना तथा बधाई दिए ।
साहित्य सृजनालाई नेपालमा कल्याणकारी काम र निर्माणसंग जोड्नु पर्छ भन्ने मान्यता राख्ने साहित्यकार प्रतिमा केसीले वि सं २०७२ सालमा नेपालमा विनासकारी भूकम्प गएको बेला उत्प्रेरणा जगाउने खालको “हिम्मत” भन्ने म्यूजिक भिडियो बजारमा ल्याएकी थिइन् । उनले त्यसबाट जम्मा भएको सम्पूर्ण रकमबाट गोरखाको बिकट गाउं आरु आर्बांगमा दीपज्योती प्राथमिक विद्यालयको दुइकोठे भवन निर्माण गर्न सहयोग गरेकी थिइन् । त्यसै गरी यस कविता संग्रहबाट हुने आन्दानीबाट रुपन्देही जिल्लाको दुईवटा माविका एक एक जेहेन्दार छात्रालाई माध्यमिक तहसम्म पठनपाठनका लागि प्रतिमा कुमार फाउन्डेसन मार्फत सहयोग गर्ने कुरा सार्वजनिक गरेकी छन् । उक्त कार्यक्रमबाट रेडिङमा सोही दिन मात्र ५२५ पाउण्ड संकलन भएको छ ।
रमेश कायस्थको संचालन र प्रतिमा कुमार फाउन्डेसनका अध्यक्ष प्रतिमा केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका निर्देशक कुमार केसीले स्वागत मन्तब्य तथा फाउन्डेसनबारे जानकारी दिए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस