लन्डन । नेपाली युथ असोसिएसन यूकेको आयोजनामा यही ६ जुलाई शनिबार ग्रीनवीच मेला हुने भएको छ । लन्डन साउथ इष्टमा मनाइने उक्त मेलाको तयारीमा यहांका नेपाली जुटेका छन् ।
मेला भर्न आउनेका लागि मुख्य आकर्षण ग्रीनवीच कप फुटबल हुनेछ । मेला व्यवस्थापनका लागि संयोजकहरु पनि तोकिएको आयोजकले बताए । जसमा निरन्जन खड्काको संयोजकत्वमा भलिबल प्रतियोगिता, पासा पुचः गुठीका सुशील प्रजापतिको संयोजकत्वमा नेवारी नाच, सिम्मी पुनको संयोजकत्वमा प्रतिभा नछेत्र तथा मनिषा डंगोल श्रेष्ठको संयोजनमा मिसेस नेपाल यूकेको संस्कृति झल्कने नृत्यहरु रहने छन् ।
मेलामा राष्ट्रिय कलाकार प्रिती आले र भूमिका गिरीको गरिमामय उपस्थिति रहने संस्थाका सभापति एवं मेला संयोजक लक्षुमण गुरुङले जानकारी दिए । मेलामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र ग्रीनवीचका मेयर क्रिस्टिन मेको उपस्थिति रहने छ । मेलाको अर्को आकर्षण सामूहिक रुपमा चंगा चैट खेलिने छ भने नर्सिङ्ग असोसिएसन युकेको नेतृत्वमा स्वास्थ्य चेक अप पनि गरिने संस्थाका महासचिव रन्जना राईले बताइन् । संस्थाका उप सभापति डा. सुदर्शन गुरुङका अनुसार उलवीचस्थित रोयल आर्टिलरी ब्यारेक फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा करिब १२ फुटबल टोली र करिब १० भलिबल टोलीको सहभागिता रहने अपेक्षा छ ।
प्रतियोगिताको विजेता फुटबल टोलीले आकर्षक ट्रफी सहित १ हजार २ सय पाउण्ड नगद र उपविजेताले ६ सय पाउण्ड नगद प्राप्त गर्नेछ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १ हजार पाउण्ड नगद र उपविजेताले ६ सय पाउण्ड नगद पाउने जनाइएको छ ।
संस्थाका संस्थापक सभापति हयारी गुरुङ र संस्थापक उपसभापति प्रसिद्ध प्रधानले बेलायतमा ग्रीनवीच मेलाको छुट्टै पहिचान भएकाले सभ्य र सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गराउन बेलायतबासी नेपाली सबैलाई आग्रह गरेका छन् ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा