लन्डन । नेपाली युथ असोसिएसन यूकेको आयोजनामा यही ६ जुलाई शनिबार ग्रीनवीच मेला हुने भएको छ । लन्डन साउथ इष्टमा मनाइने उक्त मेलाको तयारीमा यहांका नेपाली जुटेका छन् ।
मेला भर्न आउनेका लागि मुख्य आकर्षण ग्रीनवीच कप फुटबल हुनेछ । मेला व्यवस्थापनका लागि संयोजकहरु पनि तोकिएको आयोजकले बताए । जसमा निरन्जन खड्काको संयोजकत्वमा भलिबल प्रतियोगिता, पासा पुचः गुठीका सुशील प्रजापतिको संयोजकत्वमा नेवारी नाच, सिम्मी पुनको संयोजकत्वमा प्रतिभा नछेत्र तथा मनिषा डंगोल श्रेष्ठको संयोजनमा मिसेस नेपाल यूकेको संस्कृति झल्कने नृत्यहरु रहने छन् ।
मेलामा राष्ट्रिय कलाकार प्रिती आले र भूमिका गिरीको गरिमामय उपस्थिति रहने संस्थाका सभापति एवं मेला संयोजक लक्षुमण गुरुङले जानकारी दिए । मेलामा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र ग्रीनवीचका मेयर क्रिस्टिन मेको उपस्थिति रहने छ । मेलाको अर्को आकर्षण सामूहिक रुपमा चंगा चैट खेलिने छ भने नर्सिङ्ग असोसिएसन युकेको नेतृत्वमा स्वास्थ्य चेक अप पनि गरिने संस्थाका महासचिव रन्जना राईले बताइन् । संस्थाका उप सभापति डा. सुदर्शन गुरुङका अनुसार उलवीचस्थित रोयल आर्टिलरी ब्यारेक फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा करिब १२ फुटबल टोली र करिब १० भलिबल टोलीको सहभागिता रहने अपेक्षा छ ।
प्रतियोगिताको विजेता फुटबल टोलीले आकर्षक ट्रफी सहित १ हजार २ सय पाउण्ड नगद र उपविजेताले ६ सय पाउण्ड नगद प्राप्त गर्नेछ । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १ हजार पाउण्ड नगद र उपविजेताले ६ सय पाउण्ड नगद पाउने जनाइएको छ ।
संस्थाका संस्थापक सभापति हयारी गुरुङ र संस्थापक उपसभापति प्रसिद्ध प्रधानले बेलायतमा ग्रीनवीच मेलाको छुट्टै पहिचान भएकाले सभ्य र सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गराउन बेलायतबासी नेपाली सबैलाई आग्रह गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे