
लन्डन । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले समृद्धिका लागि तीव्र गतिमा काम भैरहेको दावी गरेका छन् । पूर्व एमालेको प्रवासी नेपाली मंच यूके र जनप्रगतिशील नेपाली मंच यूकेले संयुक्त रुपमा पौडेलको स्वागत र विदाई कार्यक्रममा उनले सो दावी गरेका हुन् ।
नेपाली मिडियामा आएजस्तो देशको खराव स्थिति नरहेको पौडेलले जनाए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा तीव्र गतिमा काम भैरहेकाले केही बर्षभित्रै जनताले सरकारका कामको प्रशंसा गर्न थाल्ने बताए । प्रवासी नेपालीले ज्ञान र सीपसहित आर्थिक लगानी गर्न नेता पौडेलले सवैलाई आग्रह समेत गरे ।
प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पार्टी एकता कार्य तत्काल टुंग्याउन र कार्यकर्तालाई विकासमा परिचालन गर्ने बातावरण बनाउन नेता पौडेललाई आग्रह गरे । उनले प्रवासी नेपालीले यहाँ सिकेको ज्ञान-सीप नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए ।
पूर्व माओवादी निकट जन प्रगतीशिल मंच यूकेका अध्यक्ष सुरेश गौतमले झण्डै दुई तिहाईको सरकार कतै नअल्झीकन तीव्र विकासमा अघि बढ्न सुझाब दिए । बेलायतस्थित पूर्व एमाले र माओवादी निकट नेताहरुको उपस्थितिमा सो स्वागत र विदाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष रामजी बराल, सरस्वती केसी, उमेश मोक्तान, बसन्त नेपाललगायतको उपस्थिति थियो ।

नेता पौडेलसँग सामूहिक तस्विर
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने