शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०२:३८ | UK Time: 20:53

बेलायतको ‘ब्रान्डेड’ सामान अब काठमाडौंमा

वीनेपाली
२०७६ असार ७ गते ११:३६


लन्डन । बेलायतमा लामो समयदेखि बसोवासरत युवाहरुले यहांका ब्रान्डेड सामान नेपाल भित्रयाएका छन् । काठमाडौं विश्वज्योति मलमा ‘सुप्रिम फेशन लन्डन’ नामक आउटलेट सञ्चालन गरेर ति युवा उद्यमीले बेलायत र युरोपका ब्रान्डेड सामान नेपाल लगेका हुन् ।

उक्त पसलमा महिला पुरुषका लागि विभिन्न डिजाइनका छाला जुत्ता, बुट्स, ब्याग, लेदर बेल्ट आदि सामान पाइने एकजना सञ्चालक दीपेन बस्नेतले लन्डनमा बताए । सामानहरु गुणस्तरिय, समय सापेक्ष  र शुपथ मुल्यमा उपलब्ध हुने उनको दावी छ । ‘हाम्रा सबै सामान उच्च प्रविधिमार्फत बेलायतमा बनेका गुणस्तरिय छन्’, बस्नेतले भने । सामान मुल्य १० हजार रुपैयां रेन्जमा छन् । होम डेलिभरी, अनलाइन अर्डर, प्रि-अर्डर र आफ्नो इच्छा बमोजिम अर्डर गर्न सकिने सुप्रिम फेशन लन्डनले जनाएको छ ।

विश्व ज्योति मलको चौंथो तल्लामा पसल छ । अब छिट्टै अरु ‘आउटलेट’ पनि विस्तार गर्ने योजनामा सञ्चालक छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक