लन्डन । बेलायत निवासी एकजना महिला अभियन्ता रोजिना प्रधान राई पनि एनआरएनए यूकेको आसन्न निर्वाचनमा होमिने भएकी छन् । रोजिनाले सेप्टेम्बरमा हुन लागेको संघको नवौं कार्यसमितिका लागि महिला उपाध्यक्षमा उम्मेदवारी दिने जनाएकी हुन् । संघको आसन्न निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत पदाधिकारीमा नाम घोषणा गर्ने ‘ट्रेन्ड’ चलिरहंदा रोजिनाले आफ्नो उम्मेदवारी महिला हक हित, सशक्तिकरण र समाजसेवामा केन्द्रित हुने बताइन् । उनले आफ्नो अभियानमा साथ दिन समस्त बेलायतवासी नेपालीसमक्ष अपिल गरेकी छन् ।
रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक रोजिना बेलायतको नेपाली डायस्पोरामा सक्रिय छन् । उनले विभिन्न संस्थामार्फत समाजसेवामा आफ्नो उपस्थिति जनाउंदै आएकी छन् । रोजिहिरा फाउण्डेशनकी अध्यक्ष उनी ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, एसियन महिला एसोसिएसन (आमा) को प्रवक्ता, किरात राई यायोख्या महिला विभागको महासचिव, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य आदि छन् ।
काठमाडौंमै जन्मे हुर्केपनि अहिलेको स्थानमा आइपुग्न धेरै संघर्ष गर्नुपरेको उनले सुनाइन् । ‘उच्च शिक्षाका लागि बेलायत आएपछि कामको खोजीमा भौंतारिनु परेको पीडादायी क्षण देखि दिनको २० घण्टासम्म काम गर्नुपर्दाको कष्टकर दिनचर्याले मेरो आत्मबल झन् बलियो भयो’ उनले सुनाइन्, ‘म आफैं दुःख, संघर्ष पार गरेर आएकाले अरुको दुःख, पीडामा साथ दिन रुचाउंछु ।’
एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी उनले युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ अध्ययन् गरिन् । आपतकालिन अवस्थामा जे छ त्यो सहयोग गर्न आफू अग्रसर हुने रोजिनाको प्रतिवद्धता छ । ‘मलाई आमा बाबा, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुले दुःखीहरुको घाउमा मल्हम लगाउन प्रेरित गर्नुभएको छ’- भावुक स्वरमा उनले भनिन्, ‘कहिलेकाहीं निस्वार्थ भावनाले लाग्दा उल्टो अपजस आउंदा चाहिं दुःख लाग्ने रहेछ ।’
खोटाङमा इ लाइब्रेरी निर्माण होस् वा भूकम्पका बेला उद्दार र सहयोग । बेलायतमा निरन्तर हुने च्यारिटीमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको उनले बताइन् । उनको सामाजिक कार्यका लागि विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् । रोजिनाले टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल आदि अवार्डस् पाएकी छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने