लण्डन । लण्डनका चिरपरिचित व्यवसायी कमल पौडेलले यही सेप्टेम्बरमा हुने एनआरएनए युकेको नवौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा दाबी गरेका छन् ।
एनआरएन अभियानमा धेरै अगाडिदेखि सहभागी हुँदै आए पनि पारिवारिक र व्यावसायिक ब्यस्तताका कारण कुनै पदमा बस्न नसकेको उनले बताए । ‘अहिले परिस्थिति अनुकूल भएको र साथीभाइहरुले पनि कार्यसमितिमा बस्न अनुरोध गरेकाले उम्मेदवारी दिने सोच बनाएको हुँ’-पौडेलले भने ।
पौडेल अहिले लण्डनबाट आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने गर्छन् । उनको बेलायत र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
बाग्लुङका कमल पौडेल नेपाल छँदै व्यवसायमा आवद्ध थिए । उनले करिब ३० वर्षअघि चितवनमा राइस मिल, आयल मिल, दाना उद्योगलाई कच्चा पदार्थ आपूर्ति गर्ने व्यवसाय सञ्चालन गरेका थिए ।
सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।
यसैगरी, नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ ।
उपाध्यक्षमा निर्वाचित भएमा एनआरएनको सदस्यतालाई व्यवस्थित पार्ने, एनआरएनलाई सबै नेपालीको सहभागिता र अपनत्व कायम गराउन कोसिस गर्ने र एनआरएनको सम्पत्तिमाथिको अधिकारलाई स्थापित गराउन पहल गर्ने बताए ।
उनले आफ्नो उम्मेदवारी प्यानलमा नभई नितान्त व्यक्तिगत उम्मेदवारी भएको र जो अध्यक्ष आए पनि सहयोग गर्ने बताए । पौडेल एनआरएनए युकेको दुई कार्यकालदेखि सल्लाहकार छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने