
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी कार्यकालका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । यस पटक महिला आकांक्षीहरु पनि निर्वाचनमा होमिन उत्साहित देखिएका छन् ।
यसै सिलसिलामा एनआरएनए यूके वर्तमान कार्यसमिति सदस्य बिमला लिम्बुले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । ‘हुन त मसंग प्रतिवद्धताका त्यस्ता चांग पनि छैनन् तर संस्थामा रहेर इमान्दारीपूर्वक काम गर्ने मेरो संकल्प छ’, उनले सुनाइन्, ‘दुई वर्ष संस्थामा काम गरेपछि यसबाट हासिल भएको अनुभव र अग्रजहरुको सल्लाह बमोजिम म सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निचोडमा पुगेकी हुं । संस्थाको हरहिसाव पारदर्शी राख्न म दत्तचित्त भएर लाग्नेछु ।’
एनआरएनए यूकेको गत निर्वाचनमा अत्यधिक मतले विजयी भएकी उनी हाल पांचथर थर्पू समाज यूकेकी कोषाध्यक्ष छन् । उनले फोनिज यूकेको सह-कोषाध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।
पांचथर थर्पू समाजको अगुवाइमा पांचथरमा हालै निर्मित १८ लाख रुपैयां लागतको थर्पू क्याम्पस पुस्तकालय भवन सम्पन्न गर्न उनको उल्लेखनीय भूमिका थियो । लोकपाटी अनलाइनको युरोप कोअर्डिनेटर लिम्बु थर्पू माध्यमिक विद्यालयकी पूर्व शिक्षिका पनि हुन् । लिम्बुले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक गरेकी छिन् भने हाल ओपन युनिभर्सिटीबाट मास्टर्स गरिरहेकी छिन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे