लण्डन । तमु समाज युकेको १२औं वार्षिक साधारणसभा गत १५ जुन २०१९ शनिबार तमु समाज युके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्ली, लण्डनमा सम्पन्न भएको छ । तमु समाज युके पाँचौ कार्यसमितिका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेपछि शुभारम्भ गरिएको थियो ।
संयोजक कमलबहादुर गुरुङले ‘हेल्थ एण्ड सेफ्टि’ बारे जानकारी गराएका थिए ।
महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको सभामा उपाध्यक्ष कन्य प्रसाद गरुङले स्वागत मन्तब्य दिए । सभामा महासचिव हर्क बहादुर गरुङले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण प्रस्तुत गरेपछि क्रमस: आमा समूहकी अध्यक्ष बिन्दु घलेले आमा समूहको प्रतिबेदन, सल्लाहकार तथा कम्युनिटी सेन्टरका प्रबन्धक बाबुराम गुरुङले कम्युनिटी सेन्टर प्रतिबेदन र उपाध्यक्ष तथा भवन खरिद परियोजनाका संयोजक शिवकुमार गुरुङले भवन खरिद परियोजना प्रतिबेदन तथा गत ५ मे २०१९ मा सम्पन्न च्यारिटी डिनर नाइटको आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।
साधारणसभामा बिधान संशोधन, आगामी बर्षको योजना र कार्यक्रमहरुबारे बुंदागत रुपमा घनिभूत छलफलगरि महत्वपूर्ण निर्णयहरु गरिएको छ । सभामा पूर्ब अध्यक्ष शिवशरण गरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको विविध बिषयमा टिका टिप्पणी र सुझावहरु सहितको शुभकामना मन्तब्य राखेका थिए ।
सदस्यहरुले बोल्ने क्रममा समाजको सर्बोपरि हित र भावी कार्यक्रमहरुका निम्ति सकारात्मक सुझावसहित हालसम्म भैरहेका कार्यहरुमा खुशी प्रकट गर्दै पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए ।
साधारण सभाको अन्तमा सदस्यहरुले बोल्ने क्रममा उठेका र प्रस्ताब गरेका बिषयहरुको बुंदागत छलफल र निर्णय गरेपछि अध्यक्ष शिव चन्द्र गरुङले आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर १२औं वार्षिक साधारण सभा औपचारिक रुपमा समाप्त भएको घोषणा गरेका थिए।
बिहान १०.३० बजे आरम्भ भई बेलुका १८.३०बजे अन्त भएको कार्यक्रमको बीच र अन्तमा आमा समूहको संयोजनमा खाना र जलपान ब्यबस्था गरिएको थियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो