लन्डन । स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रयाएपछि अनुसन्धानको दायरामा तानिएकी गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ हुन लागेको च्यारिटीका लागि आनी बेलायत आउन लागेकी हुन् ।
उनका साथ संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि बेलायत आउंदैछन् । कार्यक्रममा आनीले बुद्ध दर्शन सम्बन्धि प्रवचन र एकल गायन प्रस्तुत गर्ने आयोजक बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले जानकारी दिए ।
४ जुलाईमा लन्डन आएपछि आनीसहितको टिम यहां सातादिन रहनेछ । ‘उहांहरु सबैको भिजा, टिकट भइसकेको छ’, गुरुङले भने, ‘आनीबारे समाचार पढेको हो तर हाम्रो कार्यक्रमलाई केही असर गर्दैन् ।’ आनी र न्यू बज्राचार्यले पनि एउटा प्रमोशनल भिडियोमा पवित्र कार्यका लागि हुन लागेको विल्कुल फरक कार्यक्रममा आइदिन दर्शकलाई अपिल गरेका छन् । च्यारिटी कन्सर्ट ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा गर्ने तयारी छ ।
‘फूलको आंखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (करिब १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयां) नेपाल भित्रयाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले आनीमाथि अनुसन्धान शुरु गरेको छ । आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र मानव कल्याणमा समर्पित गरेको बताउने आनी पछिल्लोपटक विवादमा तानिएकी छन् ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके नामक संस्थाले रेडिङमा गुम्बा निर्माणका लागि हालसम्म एक लाख ६० हजार पाउण्ड उठाइसकेको छ । स्थानीय मेयर र काउन्सिलले पनि यस कार्यमा सहयोग गर्ने वचन दिएको संस्थाले जनाएको छ । गुम्बाका लागि निब्र्याजमा पैसा दिने धेरै देखिएकाले आफूहरु उत्साहित भएको संस्थाका पदाधिकारी बताउंछन् ।
यसअघि नेपालीहरु उल्लेख्य रहेको अल्डरसटमा बुद्धिष्ट कम्युनिटी सेन्टरले पनि गुम्बा बनाइसकेको छ । सोही क्षेत्रमा नेपालीले चर्च किनेर शिव मन्दिर बनाउन शुरु गरेका छन् ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए