लन्डन । स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रयाएपछि अनुसन्धानको दायरामा तानिएकी गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ हुन लागेको च्यारिटीका लागि आनी बेलायत आउन लागेकी हुन् ।
उनका साथ संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि बेलायत आउंदैछन् । कार्यक्रममा आनीले बुद्ध दर्शन सम्बन्धि प्रवचन र एकल गायन प्रस्तुत गर्ने आयोजक बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले जानकारी दिए ।
४ जुलाईमा लन्डन आएपछि आनीसहितको टिम यहां सातादिन रहनेछ । ‘उहांहरु सबैको भिजा, टिकट भइसकेको छ’, गुरुङले भने, ‘आनीबारे समाचार पढेको हो तर हाम्रो कार्यक्रमलाई केही असर गर्दैन् ।’ आनी र न्यू बज्राचार्यले पनि एउटा प्रमोशनल भिडियोमा पवित्र कार्यका लागि हुन लागेको विल्कुल फरक कार्यक्रममा आइदिन दर्शकलाई अपिल गरेका छन् । च्यारिटी कन्सर्ट ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा गर्ने तयारी छ ।
‘फूलको आंखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (करिब १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयां) नेपाल भित्रयाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले आनीमाथि अनुसन्धान शुरु गरेको छ । आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र मानव कल्याणमा समर्पित गरेको बताउने आनी पछिल्लोपटक विवादमा तानिएकी छन् ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके नामक संस्थाले रेडिङमा गुम्बा निर्माणका लागि हालसम्म एक लाख ६० हजार पाउण्ड उठाइसकेको छ । स्थानीय मेयर र काउन्सिलले पनि यस कार्यमा सहयोग गर्ने वचन दिएको संस्थाले जनाएको छ । गुम्बाका लागि निब्र्याजमा पैसा दिने धेरै देखिएकाले आफूहरु उत्साहित भएको संस्थाका पदाधिकारी बताउंछन् ।
यसअघि नेपालीहरु उल्लेख्य रहेको अल्डरसटमा बुद्धिष्ट कम्युनिटी सेन्टरले पनि गुम्बा बनाइसकेको छ । सोही क्षेत्रमा नेपालीले चर्च किनेर शिव मन्दिर बनाउन शुरु गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे