लण्डन । बेलायतको तीनदिने औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटी बेलायतका लगानीकर्ताहरुले दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीय मूलका ब्रिटिश र नेपाली डायस्पोराका करिब २० जना प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटी सो अनुरोध गरेको हो ।
भेटपछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले आफूहरुले नेपाल सरकारको आलोचना वा सरकारप्रति गुनासो भन्दा पनि नेपालमा विदेशी लगानी लैजान रहेका समस्या समाधानका बारेमा मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए ।
नेपालमा लगानी गर्ने ब्रिटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्न परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न पनि प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो ।
यस्तै, नेपालले प्रोडक्टभन्दा सर्भिस सेक्टरमा जोड दिँदा बढी लाभ लिनसक्ने सुझाव दिँदै प्रतिनिधिमण्डलले स्वास्थ्य, पर्यटन र शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँदा राम्रो हुने सुझाव दिएको थियो ।
यसैगरी, नेपालमा वैदेशिक लगानी लाँदा भोग्नुपरेको समस्याका बारेमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई एक रिपोर्ट हस्तान्तरण गरेको थियो । सो क्रममा प्रतिनिधिमण्डलले नेपालमा कतिपय क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र विदेशी लगानीमा स्थापित कम्पनीले विदेशबाट दक्ष जनशक्ति नेपाल लैजाँदा ‘वर्क पर्मिट’ पाउन पैसा र समय खर्चिलो रहेकोमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।
प्रतिनिधिमण्डलसित प्रधानमन्त्रीले उठाएका सवालहरुलाई गम्भीरतापूर्वक हेर्ने र आवश्यक काम गर्ने वचन दिएको अध्यक्ष कँडेलले जानकारी दिए ।
बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो कर लगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता