
कृष्ण तिमल्सेना
लन्डन । नेप्लिज सेफ एसोसिएसन यूकेको संरक्षकमा कृष्ण तिमल्सेना चयन भएका छन् । एसोसिएसनका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा बसेको साइवर बैठकले सर्वसहमतिमा आफ्नो संरक्षक चयन गरेको हो । गैरआवासीय नेपाली संघका अभियन्ता तिमल्सेनाले नेपालमा विद्यालय पुनर्निर्माण तथा अपांग बालबालिकालाई सहयोग गरि नेपालमा समाजसेवा गरिरहेका छन् । संस्थापक अध्यक्ष समेत रहेका तिमल्सेनाकै पहलमा नेपाली सेफहरुलाई संगठित गरि संस्था गठन भएको थियो ।
एसोसिएसनले गत मे महिनामा च्यारिटी कार्यक्रम गरेको थियो । बैठकले च्यारिटिमा सहयोग गर्नेलाई धन्यवाद समेत दिएको अध्यक्ष आचार्यले बताए । उनकाअनुसार एसोसिएसनले आगामी बैठकबाट नयाँ कार्यक्रम ल्याउने र सल्लाहकार चयन गर्नेछ । उक्त बैठकले सदस्यता वितरण प्रक्रिया अघि बढाउंदै क्षेत्रीय संयोजक पनि बनाउने निर्णय गरेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह