लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनमा युवा व्यवसायी तिलक भट्टराईले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
निकट भविष्यमै एक औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक गर्ने उनले बताए ।
‘एनआरएनए यूकेको कोषाध्यक्षका रुपमा संस्थालाई आर्थिक रुपले पारदर्शी र सवल बनाउने मेरो मुख्य संकल्प हुनेछ’- भट्टराईले भने ।
भट्टराई साउथ इष्ट लन्डन क्षेत्रमा केन्द्रित भएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी हुन् ।
हाल उनले बेलायतमा ब्रिट ट्यूसन, नम मार्केटिंग, टिआरबी प्रोपर्टी एण्ड सेल लगायतका कम्पनी सञ्चालन गरिरहेका छन् ।
उनले बेलायतबाट बिजनेस म्यानेजमेन्ट एण्ड फाइनान्समा मास्टर्स गरेका छन् ।
सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आएका भट्टराई बेलायतस्थित विभिन्न नेपाली सामाजिक संस्थामा समेत आवद्ध छन् ।
ग्रेजुएट इन्टरप्रेनर नेप्लिज सोसाइटी (जेन्स) यूकेमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका उनी यती नेपाली एसोसिएसन यूके र रोयल ग्रीनवीच नेप्लिज सोसाइटीमा कार्यसमिति सदस्य छन् ।
एनआरएनए यूकेको राज्य समन्वय विभागका सदस्य भट्टराईले स्कटल्याण्ड राज्य परिषद गठनका लागि संयोजकको जिम्मेवारी समेत सम्हालेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे