बुधबार, माघ ५ २०७८ | Wed, January 19, 2022
नेपालको समय: ०४:३० | UK Time: 22:45

लण्डनबाट उदय हुँदै अर्की नायिका

शब्द, तस्विर- कुशल श्रेष्ठ
२०७६ जेठ २१ गते ७:०३

लण्डन । पछिल्लो समय बेलायत नेपाली चलचित्र क्षेत्रका लागि उर्वर भूमि बन्दै गएको छ । चाहे कलाकारको हिसाबले होस् या लोकेसन, बेलायत अग्रपंक्तिमा पर्छ ।

कुनै समय यस्तो थियो नेपाली चलचित्र भनेपछि युवा पुस्ता नाक खुम्चाउने गर्थे तर अब समय त्यस्तो रहेन । प्रविधिको विकास र नेपाली चलचित्र क्षेत्रमा आएको परिवर्तनले नेपाली चलचित्र पनि युवा पुस्ताको रोजाइमा पर्ने गरेको छ । नेपालमा मात्र नभएर राम्रो चलचित्रको माग विदेशमा पनि हुँदै आएको छ र चलचित्रमा अभिनयमा रुची राख्ने युवा पुस्ताको जमात पनि बढ्दो छ ।

बेलायतबाट मात्रै करिब एक दर्जन नायक नायिकाले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । केही नायिकाहरु राम्रैसँग स्थापित पनि भएका छन् । यसै भिडमा बेलायतबाटै आफ्नो कला देखाउन भाविका उप्रेती मोडलिङ र चलचित्रमा होमिने भएकी छिन् । 

केहि दिन अघि मात्र अत्यधिक सफल चलचित्र प्रेम गीतको तेस्रो संस्करणका लागि नायिका आह्वान गरिएको पहिलो चरणको अडिसनमा २७१४ जनाबाट टप २५ मा पर्न सफल भइन् उनी । ५’३” अग्ली, आकर्षक शारीरिक बनावट र नृत्यमा पारगंत उनी अभिनयमा पनि सशक्त उत्रन सक्ने विश्वास राख्छिन् । ‘चलचित्रमा अवसर पाए बेलायत छोड्न सक्छु’ उत्साहित हुँदै उनले सुनाइन् । 

दश वर्षकै उमेरमा बेलायत आएकी भाविका सानैदेखि नृत्य र अभिनयमा रुची राख्थिन् । उनले बेलायतमा हुने प्राय सांस्कृतिक कार्यक्रममा सहभागी भई अभिनय र नृत्यको भोक मेटाउँदै आएकी छिन् । गोंगबु काठमाण्डौमा जन्मेकी उनी सानो छँदा खेले, घुमेको ठाउँहरु अझै आफ्नो मानसपटलमा ताजै रहेको बताउँछिन् ।

फुर्सदमा उनी युट्यूबमा नेपाली चलचित्र हेर्न रुचाउँछिन् । साथै युट्यूबमा नेपालका रमणीय दृश्य भेट्नासाथ उत्साहित हुँदै मेरो देश भन्दै कलेजका साथीहरुलाई देखाउन उनी पछि पर्दिनन् । चलचित्रमा नेपालकै विभिन्न भागका रमणीय दृश्य देखाइएका कारण अबको नेपाल बसाईमा उनी पोखरा र मुस्ताङ घुम्ने योजनामा छिन् ।

मिल्टन किन्स कलेजमा कक्षा १२ मा अध्ययनरत भाविका हाल एकजना भाइ र बुवाआमाका साथ बेलायतको मिल्टन किन्समा  बस्दै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक