लन्डन । करिब डेढ साताको बेलायत भ्रमणपछि वरिष्ठ गायक प्रेमध्वज प्रधान सोमबार सांझ स्वदेश फर्किएका छन् ।
लन्डनस्थित नेपाली दूतावासको निम्तो र मगर संघ यूकेको सहयोगमा पहिलो पटक बेलायत आएका आधुनिक गीत संगीतका मुर्धन्य श्रष्टा प्रधानले लन्डनस्थित नेपाली दूतावास भवनमा, दूतावासले नै म्यानचेस्टरमा गरेको गणतन्त्र दिवस समारोह र मगर संघ यूकेको ओपन कन्सर्टमा आफ्ना कालजयी गीत गाएर बेलायतवासी दर्शकहरुको अथाह माया अनि सम्झना बोकेर नेपाल फर्किए ।
८२ वर्षीय सदाबहार गायक प्रेमध्वज प्रधानले आफ्ना कार्यक्रममा ‘घुम्तीमा नआउ है’, ‘तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिइदिउंला’, ‘पर लैजाउ फूलहरु’, ‘गोरेटो त्यो गाउंको’, ‘टाढा भइगयौ फेरि’ ‘यो नेपाली शिर उचाली’ जस्ता गीत गाएका थिए । ‘यो बुढ्यौली उमेरमा पनि प्रेमध्वज दाईको जोस नयां पुस्तालाई प्रेरणाको श्रोत हो’- राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने । राजदूत डा. सुवेदी ति ज्येष्ठ गायकलाई स्वागत र विदाई गर्न आफैं विमानस्थल पुगेका थिए ।
विगत ६७ वर्षदेखि निरन्तर गायनमा सक्रिय प्रधान राजदूत कुलपति रहेको बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानको ५० हजार रुपैंया राशीको ‘बसुन्धरा श्री पुरस्कार ०७५’ थाप्न बेलायत आएका थिए । दूतावासमा आयोजित विशेष समारोहबीच प्रधानलाई राजदूतले उक्त पुरस्कार प्रदान गरेका थिए ।
नेपाली संगीतका सबैभन्दा ज्येष्ठ गायक प्रधानका करिब ७ सय बढि गीत छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे