लन्डन । करिब डेढ साताको बेलायत भ्रमणपछि वरिष्ठ गायक प्रेमध्वज प्रधान सोमबार सांझ स्वदेश फर्किएका छन् ।
लन्डनस्थित नेपाली दूतावासको निम्तो र मगर संघ यूकेको सहयोगमा पहिलो पटक बेलायत आएका आधुनिक गीत संगीतका मुर्धन्य श्रष्टा प्रधानले लन्डनस्थित नेपाली दूतावास भवनमा, दूतावासले नै म्यानचेस्टरमा गरेको गणतन्त्र दिवस समारोह र मगर संघ यूकेको ओपन कन्सर्टमा आफ्ना कालजयी गीत गाएर बेलायतवासी दर्शकहरुको अथाह माया अनि सम्झना बोकेर नेपाल फर्किए ।
८२ वर्षीय सदाबहार गायक प्रेमध्वज प्रधानले आफ्ना कार्यक्रममा ‘घुम्तीमा नआउ है’, ‘तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिइदिउंला’, ‘पर लैजाउ फूलहरु’, ‘गोरेटो त्यो गाउंको’, ‘टाढा भइगयौ फेरि’ ‘यो नेपाली शिर उचाली’ जस्ता गीत गाएका थिए । ‘यो बुढ्यौली उमेरमा पनि प्रेमध्वज दाईको जोस नयां पुस्तालाई प्रेरणाको श्रोत हो’- राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने । राजदूत डा. सुवेदी ति ज्येष्ठ गायकलाई स्वागत र विदाई गर्न आफैं विमानस्थल पुगेका थिए ।
विगत ६७ वर्षदेखि निरन्तर गायनमा सक्रिय प्रधान राजदूत कुलपति रहेको बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानको ५० हजार रुपैंया राशीको ‘बसुन्धरा श्री पुरस्कार ०७५’ थाप्न बेलायत आएका थिए । दूतावासमा आयोजित विशेष समारोहबीच प्रधानलाई राजदूतले उक्त पुरस्कार प्रदान गरेका थिए ।
नेपाली संगीतका सबैभन्दा ज्येष्ठ गायक प्रधानका करिब ७ सय बढि गीत छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक