लण्डन । लन्डनमा २ जुनका दिन चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व वातावरण दिवस पारेर बेलायतमा रहेका १४ वटा नेपाली साहित्य संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर सुबेदी थिए ।
वातावरण गोष्ठीमा लालिगुराँस फुलको गमलामा प्रमुख अतिथिले जल चढाएर कार्यक्रम आरम्भ भएको थियो । त्यसै लालिगुराँसलाई कार्यक्रमको सभापति मानिने सँस्कार बसिसकेको एक आयोजक संस्था साहित्य सङ्गमका अध्यक्ष बिनोद अधिकारीले बताए ।
तीन दर्जन श्रष्टाद्वारा बाचित इको कवितामध्ये सर्बोत्कृष्ट कविता कबियत्री अहिल्या कुँवरलाई सोही लालिगुराँस फुल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
साहित्यमार्फत बिग्रंदो बातावरणलाई जोगाउन जनचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य हो । प्रत्येक वर्ष बातावरण दिवसको एउटा नारा हुन्छ । यस वर्षको नारा ‘वायू प्रदुषण’ भनी विश्व वातावरण दिवस आयोजक राष्ट्र चाइनाले घोषणा गरेको थियो । कार्यक्रममा बाचित प्राय सबै सिर्जना माथिको नारामा केन्द्रित थिए ।
गोष्ठीमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुबेदी साथै कार्यक्रमका प्रमुख संयोजक बिजय हितानले बासु शर्माको गजल संग्रह ‘पोखियो मन छताछुल्ल’, प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ र रामप्रसाद घिमिरेको कथा संग्रह ‘खप्परेका कथाहरु’ बिमोचन गरे ।
यस वातावरण साहित्य अर्को वर्ष सन् २०२० जुन मा काठमान्डुमा मनाइने योजना रहेको र त्यसले नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउने प्रमुख संयोजक हितानले बताए । कार्यक्रम साहित्य चौतारीका सर्जक दिनेश पौड्यालले सन्चालन गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे