लण्डन । मगर संघ युकेले युकेमा हरेकवर्ष आयोजना गर्ने ओपन कन्सर्टमा यसवर्षको आकर्षण फरक थियो । सामान्यत वर्तमानमा चर्चामा रहेका युवा कलाकार कन्सर्टका केन्द्र हुने गरेकामा यस वर्षका मुख्य कलाकार थिए ८२ वर्षीय सदाबहार गायक प्रेमध्वज प्रधान ।
प्रधानले ‘तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिइदिउँला’, ‘पर लैजाउ फूलहरु’, ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘टाढा भइगयौ फेरि’ लगायत छ वटा गीत गाए । उनले अन्य कलाकारहरुसित मिलेर ‘यो नेपाली शिर उचाली’ भन्ने गीत पनि गाए ।
प्रधानलाई नेपाली गीतसंगीतमा योगदान पुरयाएकोमा अभिनन्दन पनि गरिएको थियो । बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संघका अध्यक्ष सुनिल रानामगरले खादा र प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।
कन्सर्टमा अहिलेको बहुचर्चित गीत ‘सालको पात टपरी गाँसेर’ का गायक कुलेन्द्र विक, ‘गलबन्दी’ र ‘बोल मायाकी’ गायिका शान्तिश्री परियार, निखिता थापा, कुमार पुन, पवन राना, सञ्जय गुरुङ, कुमारी चेपाङले विभिन्न गीत गाएका थिए । नायक धिरज मगर, मगर गट ट्यालेण्ट २०१८ की विजेता सलिना थापा लगायतले नृत्य प्रस्तुत गरे ।
यसअघि कार्यक्रमको औपचारिक उद्घाटन हुनुपूर्व धौलागिरी नौमती बाजाले पञ्चै बाजाका साथ अतिथिहरुलाई प्रवेशद्वारबाट मञ्चसम्म लगेको थियो ।
कार्यक्रममा सचिव सरला रानामगरले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएकी थिइन् । महासचिव रुद्र थापामगरले सञ्चालन गरेको सो कार्यक्रम उद्घाटन अतिथिहरुले सामूहिक रुपमा गरेका थिए ।

कार्यक्रम संयोजक सीता पुनले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, रसमोर बोरो काउन्सिलका मेयर काउन्सिलर सु कार्टर र अध्यक्ष सुनिल रानाले मन्तब्य दिएका थिए ।
साँस्कृतिक कार्यक्रम सूर्य गुरुङ, टेनिसा राना, साँस्कृतिक सचिव टेन्याङ (सरु) राना, दिनेश रोका लगायतले सञ्चालन गरेका थिए ।
कार्यक्रममा राजदूत सुवेदी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्य, एनआरएन युके अध्यक्ष योगकुमार फगामीलगायत नेपाली समुदायका प्रबुद्ध व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति थिए । सबै तस्वीर- शिव भन्डारी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा