लण्डन । मगर संघ युकेले युकेमा हरेकवर्ष आयोजना गर्ने ओपन कन्सर्टमा यसवर्षको आकर्षण फरक थियो । सामान्यत वर्तमानमा चर्चामा रहेका युवा कलाकार कन्सर्टका केन्द्र हुने गरेकामा यस वर्षका मुख्य कलाकार थिए ८२ वर्षीय सदाबहार गायक प्रेमध्वज प्रधान ।
प्रधानले ‘तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिइदिउँला’, ‘पर लैजाउ फूलहरु’, ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘टाढा भइगयौ फेरि’ लगायत छ वटा गीत गाए । उनले अन्य कलाकारहरुसित मिलेर ‘यो नेपाली शिर उचाली’ भन्ने गीत पनि गाए ।
प्रधानलाई नेपाली गीतसंगीतमा योगदान पुरयाएकोमा अभिनन्दन पनि गरिएको थियो । बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संघका अध्यक्ष सुनिल रानामगरले खादा र प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।
कन्सर्टमा अहिलेको बहुचर्चित गीत ‘सालको पात टपरी गाँसेर’ का गायक कुलेन्द्र विक, ‘गलबन्दी’ र ‘बोल मायाकी’ गायिका शान्तिश्री परियार, निखिता थापा, कुमार पुन, पवन राना, सञ्जय गुरुङ, कुमारी चेपाङले विभिन्न गीत गाएका थिए । नायक धिरज मगर, मगर गट ट्यालेण्ट २०१८ की विजेता सलिना थापा लगायतले नृत्य प्रस्तुत गरे ।
यसअघि कार्यक्रमको औपचारिक उद्घाटन हुनुपूर्व धौलागिरी नौमती बाजाले पञ्चै बाजाका साथ अतिथिहरुलाई प्रवेशद्वारबाट मञ्चसम्म लगेको थियो ।
कार्यक्रममा सचिव सरला रानामगरले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएकी थिइन् । महासचिव रुद्र थापामगरले सञ्चालन गरेको सो कार्यक्रम उद्घाटन अतिथिहरुले सामूहिक रुपमा गरेका थिए ।

कार्यक्रम संयोजक सीता पुनले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, रसमोर बोरो काउन्सिलका मेयर काउन्सिलर सु कार्टर र अध्यक्ष सुनिल रानाले मन्तब्य दिएका थिए ।
साँस्कृतिक कार्यक्रम सूर्य गुरुङ, टेनिसा राना, साँस्कृतिक सचिव टेन्याङ (सरु) राना, दिनेश रोका लगायतले सञ्चालन गरेका थिए ।
कार्यक्रममा राजदूत सुवेदी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्य, एनआरएन युके अध्यक्ष योगकुमार फगामीलगायत नेपाली समुदायका प्रबुद्ध व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति थिए । सबै तस्वीर- शिव भन्डारी
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता