लन्डन । लन्डनमा अचेल म्यूजिक भिडियो निर्माणले गति लिन थालेको छ । स्थापितदेखि नवोदित कलाकारको समेत रोजाइ बन्दैछ लन्डन । यही मेसोमा लन्डनस्थित एक जना भिडियो तथा फोटोग्राफर राजेन्द्र पौडेल र उनकी जीवनसंगिनी सन्ध्या पौडेल नयां म्यूजिक भिडियोमार्फत झुल्किएका छन् ।
राजेन्द्र पौडेलले छायांकन तथा निर्देशन गरेको पहिलो म्यूजिक भिडियो बुधबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।
सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत ‘म बिर्सुं कसरी…’ बोलको गीतमा भिडियो बनाइएको हो । म्यूजिक भिडियोमा प्रसुना कंडेल, रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय छ । कोरियोग्राफी अर्चना गिरी र मेकअप अम्बिका अधिकारीले गरेका छन् ।
‘म बिर्सुं कसरी’ मा बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत छ भने रचना जे सागरले गरेका हुन् ।
म्यूजिक भिडियो विमोचनपछि यती नेपाली एसोसिएसन अध्यक्ष ध्रुव केसी, सोलिसिटर राजु थापा, एनआरएनए यूके महासचिव आरके त्रिपाठी र पत्रकार एवं एनआरएन अभियन्ता फडिन्द्र भट्टराईले शुभकामना दिंदै उदयीमान कलाकारहरुलाई आफ्नो गायन, अभिनय दायरा अझ फराकिलो पार्न सुझाए ।
सञ्चारकर्मीसंग बोल्दै निर्देशक पौडेलले आफ्नो पहिलो प्रयासमा गल्ती कमी कमजोरी भए स्वीकार गरि रचनात्मक सुझाव दिन आग्रह गरे । मोडल प्रसुना कंडेलले बेलायतमा सिमित श्रोतसाधन र समयबीच प्रस्तुत म्यूजिक भिडियो हेरेर नवोदित कलाकारहरुलाई प्रोत्साहन दिन अनुरोध गरेकी थिइन् ।
भिडियो विमोचन कार्यक्रममा गायिका सन्ध्याले विमोचित सहित थप केही गीत गाएर सुनाइन् । संगीतकार आशिष राजले पनि केही गीत गाए । तस्विरहरु- राजेन्द्र पौडेल
यस्तो बनेको छ भिडियो-
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने