
लण्डन । प्रेस स्वतन्त्रताका लागि हाल नेपालमा भइरहेको आन्दोलन यथोचितरुपमा माग पुरा नहुन्जेलसम्म जारी रहने पत्रकारका अगुवाहरुले बताएका छन् । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा बेलायतको राजधानी लन्डनमा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल सरकारले आफ्नो माग सम्बोधन नगरे आन्दोलन अझ सशक्त हुने र यसलाई अन्तर्राष्ट्रियकरण गरिने समेत चेतावनी दिए ।
नेपाल प्रेस युनियन बेलायत शाखाद्वारा आयोजित उक्त कार्यक्रममा युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेयक सम्पूर्ण पत्रकार र प्रेस विरोधी भएको र यो लागू भए नेपालमा पत्रकारिता गरेर बस्ने अवस्था नै नहुने भन्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे ) लगायतका संस्थाले समेत विरोध जनाइसकेको जानकारी दिए ।
उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकारले समयमै माग सम्बोधन नगरे संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मिसन नेपाल आउनसक्ने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले प्रेस स्वन्त्रतताको लागि गरिने जस्तोसुकै आन्दोलनमा महासंघको साथ रहने जनाए । महासंघ युके शाखाका महासचिव सञ्जयभक्त कंडेलले डायष्पोराले सकारात्मक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापतिहरु सुरज केसी र कोपिला सुब्वा, प्रवक्ता खुशी लिम्बु, सह महामन्त्री उपेन्द्र पौडेल, भूतपूर्व गोर्खा सैनिक संघ (नेसा) का अध्यक्ष केस बहादुर गुरुंग, गैरआवासीय नेपाली संघ युके महिला संयोजक लिला देवी गुरुंग, जिगेसोका महासचिव हरि कुमार मल्ल, बिपी अध्ययन प्रतिष्ठान बेलायतका संयोजक अर्जुन कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष एभरेष्ट गौतमले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष खेमराज रानाभाटले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रम सञ्चालन हेमन्त सेढाईंले गरेका थिए ।
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत