लण्डन । डायस्पोरामा रहेका कवि मुकुल दाहालको पहिलो एकल काव्यसाँझ शनिवार स्कटल्यान्डको एबर्डीनमा शान्त वातावरणमा सम्पन्न भयो । नर्थ एन्डरसन ड्राइभमा अवस्थित चर्चको सभाहलमा भएको कार्यक्रमको सुरूवात अनुसन्धानकर्ता तथा कवि मधु सुवेदीको स्वागत मन्तब्यबाट भएको थियो ।
त्यसपछि काव्य समूहका संस्थापक तथा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष कवि नविन क्षेत्रीले मुकुल दाहालको बारेमा तयार पारिएको श्रब्यदृश्य प्रस्तुत गरिएको थियो जसमा कवि दाहालको लेखनसँग सम्बन्धित साहित्यकारहरू कृष्ण धरावासी, युवराज नयाघरे, अमर नेउपाने, शैलेन्द्र साकार र गोपी सापकोटाका विचारहरू समेटिएका थिए । साथै मुकुल दाहालकी आमा झुमा दाहाल, दाजुहरू चन्द्रशेखर दाहाल र खगेन्द्र दाहालका सन्देस लगायत दाहालका विद्यालयकालिन साथीहरू भीष्म उप्रेती, शरद नेउपाने र रश्मीशेखर सुवेदीका शुभकामना पनि समेटिएका थिए ।
अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागी भएका थिए । दुई चरणमा प्रस्तुत गरिएको कार्यक्रमको मध्यभागमा स्थानीय कलाकारहरू टक थापा, रेनुका ढकाल र सीमा दर्नालका सांगीतिक प्रस्तुति थिए ।
प्रथम चरणमा दाहालले ‘एक मिनेटसँग’, ‘एक दीर्घरोगीको मनोवाद’, ‘रंगहरू’, ‘प्रेमपत्र’ र ‘अलमल र प्रेमको रस’ शिर्षकमा कविताहरू पढिरहँदा दर्शक मन्त्रमुग्ध भए भने दोश्रो चरणमा दाहालले परदेशसँग सम्बन्धीत ‘देश सँग’, ‘उनीहरू जो अन्तै अस्ताए’ र ‘परदेसबाटै आमाको विदाई’ शिर्षकमा कविता वाचन गरिएका थिए ।
देसमा आफ्ना बुवा वा आमाको देहान्त भएको बेला परदेशबाट अन्तिम संस्कारमा जान नसक्दाको पीडालाई विषय बनाइ लेखिएको कविता ‘परदेसबाटै आमाको विदाई’ वाचन गर्दा श्रोताहरू भावविह्वल भएका थिए ।
तीन घन्टा निर्वाध चलेको कार्यक्रम दिलिप उप्रेतीले प्रस्तुत गरेका थिए ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक