लण्डन । बेलायतको सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता ‘गोरखा कप’ को यस वर्षको उपाधि एफसी तोङबाले हात पारेको छ ।
शनिबार अल्डरसटस्थित क्वीन्स एभेन्यु खेल मैदानमा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टीमबीच १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा एफसी तोङबाले रेडिङ युनिटीलाई ४–२ ले हराएको हो ।
ननभेट्रानतर्फ कुल ३२ टीमले भाग लिएको ‘९ ए साइड’ सो प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो । प्रतियोगितामा रेडिङ युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै, भेट्रानतर्फको खेलमा पूर्व विजेता इलाम एफसीलाई हराउँदै केन्टले एफसीले उपाधि हात पारयो । निर्धारित समयमा दुवै टीमबाट कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा केन्ट एफसीले विजय हात पारेको हो । भेट्रानतर्फ कुल १० टीमले भाग लिएका थिए जसमा भास्कर राई उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा ननभेट्रानतर्फ विजेता टोलीले २५०० पाउण्ड नगद पुरस्कार, शिल्ड तथा ट्रफी र प्रमाणपत्र पाए भने उपविजेता टीमले १५०० पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र पाए । यस्तै, भेट्रानतर्फ विजेताले १२०० पाउण्ड नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र पाए । उपविजेताले ८०० पाउण्ड नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि रसमुर बोरो काउन्सिलकी मेयर सु कार्टर, विशेष अतिथि नेपाली दूताबासका उपनियोग प्रमुख शरदराज आरण, आयोजक तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, अध्यक्ष नन्दजंग गुरुङ, फुटबल एसोसिएसन इंग्ल्याण्डका लरेन्स जोन्स, पुरस्कारका प्रायोजकहरु आइडिया फर नेपालका अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठ, बिसन सोलिसिटर्सका रविन अली, मेकवोर्थ अकाउण्टेन्टका राकेश गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, गोरखा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा रेष्टुरेन्टका यमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रममा मेयर सु कार्टर, नेपाली दूताबासका उपनियोग प्रमुख शरदराज आरण, एफए इंग्ल्याण्डका लरेन्स जोन्स, तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, गोरखा कपका सिइओ पीताम्बर गुरुङले गोरखा कपबारे बोलेका थिए ।
कार्यक्रमको बीचमा एकेन्द्र गुरुङद्वारा लिखित ‘गोरखा कपमा स्वागतम’ गीतमा सयपत्री कल्चरल समूहका कलाकारले नृत्य प्रस्तुत गरे भने गायक सपनकुमार राईले गीत गाएका थिए । मौसम प्रतिकूलताले यस वर्ष ‘प्याराजम्प’ भने गराइएन ।
तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रम संचालन महासचिव तुलाराम गुरुङले गरेका थिए । सो कार्यक्रममा गोरखा वेलफेयर ट्रष्ट, रसमुर बोरो काउन्सिललाई ५००/५०० पाउण्ड सहयोग पनि हस्तान्तरण गरिएको थियो ।
तमुधिं यूकेले विगत १७ वर्षदेखि सो प्रतियोगिता गराउँदै आएको छ । सबै तस्वीर- मिलन तमु
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो