लन्डन । पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनले शनिबार उलवीचमा आयोजना गरेको नेवा भोज (गुथि भ्वय) मा नेपाली संगीतका मुर्धन्य श्रष्टा वरिष्ठ गायक प्रेमध्वज प्रधान सरिक भए । प्रमुख अतिथी गायक प्रधान, विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत करिब दुईसय ५० जनाले पलेटी कसेर लप्टेमा भ्वय ग्रहण गरे ।
त्यसअवसरमा बेलायतबासी नेवार समुदाय मात्र नभएर गैरनेवार नेपाली र विदेशी समेत उपस्थित थिए ।
नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वय:’ मा करिब ४ दर्जन नेवारी परिकार समावेश थिए । मौलिक शैलीमा लप्टेमा पस्किएका परिकारको स्वाद लिन सहभागीहरु पलेंटी कसेरै बसेका थिए । भोजमा परम्परागत शैलीमा घरमै तयार पारिएको रक्सी र जुजु धौ लगायत पनि थिए ।
भोजमा परिकारहरु तयार पार्न संस्थाका २१ महिला तथा १० जना पुरुषले स्वयमसेवकको रुपमा सहयोग गरेका थिए ।
भोजको लागि ज्येष्ठता र वरिष्ठताका आधारमा गायक प्रेमध्वज प्रधान, राजदूत डा दुर्गाबहादुर सुवेदी, रामप्रसाद प्रजापति, रजनी प्रधान र विमल कक्षपतिलाई नाइके चयन गरिएको थियो ।
गायक प्रेमध्वज प्रधानले नेवारी भाषाको आफ्नो बहुचर्चित गीत ‘राजामती…’ समेत गाएर सुनाए । नेवारी संस्कृतिबिना नेपाली संस्कृति अधुरो हुने चर्चा गर्दै राजदूत सुवेदीले बेलायतमा नेपाली संस्कृति र मौलिकताको संरक्षण गर्न भोजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
औपचारिक समारोहमा समाजसेवी शिवजी श्रेष्ठले गायक प्रेमध्वज प्रधानलाई प्रमुख अतिथी पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै गायकको ‘करियर’ बारे बताए ।
त्यसअवसरमा पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह तथा पूर्व अध्यक्षहरु कुमार श्रेष्ठ र कपिल श्रेष्ठ, पासा पुच साउथ ईस्ट लण्डनका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ लगायत विशेष अतिथिको रुपमा सहभागी थिए ।
आयोजक पासा पुचः साउथ इष्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले भोजमा सहभागी तथा तयारीमा सहयोग पुरयाउने सबैप्रति आभार प्रकट गरेका छन् । बेलायतमै जन्मिएका, यतै हुर्किएका नयाँ पुस्तादेखि गैरनेवार नेपाली समुदाय र विदेशीहरुमाझ पनि नेवारी खाना र संस्कृतिको प्रबर्धन गराउनु भोजको लक्ष्य रहेको उनले जनाए ।
बेलायतमा विगत ४ वर्षदेखि हरेक वर्ष यो भोज आयोजना हुंदै आएको छ ।
तस्विरहरु- रुपक प्रजापति
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे