लन्डन । बेलायतमा नेपालीमुलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । मे पहिलो साता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमाझ भएको मतदानमा करिब दुई तिहाइ मतले मेयर निर्वाचित भए । बेलायतमा नेपालीमुलका दोश्रो मेयर उनी सन् २०१४, ०१५ मा उक्त काउन्सिलको उपमेयर थिए ।
यसअघि सन् २०१६ मा पहिलो मेयर बनेका शंकर गैरेले भने स्वान्ली टाउन काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै ६ महिना नपुग्दै बीचैमा राजिनामा दिएका थिए ।
बेलायती रक्षा मन्त्रालय अन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट डा. शर्मा कोर्लबर्न टाउनमा जातीय अल्पसंख्यक (इथ्नीक माइनोरिटी) बाट मेयर बन्ने पहिलो मेयर हुन् ।
पर्वत बिहादी रानीपानीका शर्माको कार्यकाल कम्तीमा एक वर्ष हुनेछ । ‘यसलाई मैले अवसर र चुनौतिका रुपमा लिएको छु’, उनले भने, ‘मेयरका रुपमा स्थानीय मुद्दा जस्तै भौतिक पूर्वाधार समस्या समाधान, मेरो क्षेत्रमा उच्च दक्ष व्यक्तिका लागि उपयुक्त जागिर नहुंदा मानिस अन्यत्र सर्ने समस्या निराकरण गर्न सरकारी निकाय, सांसद एवं काउन्सिलरहरुसंग पहल, समुदायबीच समायोजन आदि मेरा प्राथमिकता छन् ।’ उनको क्षेत्रमा ६ हजार ५ सय जनसंख्या छ ।
सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए । स्पोर्टस् मेडिसिनमा विद्यावारिधी गरेका डा. शर्माको विभागीय व्यवस्थापन र सैनिकहरुलाई घाइते हुनबाट बचाउने एवं विरामी भएकालाई चांडो निको पार्ने जिम्मेवारी छ । उनका स्वास्थ्य सम्बन्धि कयौं जर्नल प्रकाशित छन् ।
पछिल्ला वर्ष बेलायतको स्थानीय राजनीतिमा नेपाली प्रवेश हुने क्रम विस्तारै बढ्दै गएको छ । मे पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा करिब आधा दर्जन नेपाली काउन्सिलर पदमा निर्वाचित भएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे