
लन्डन । बेलायतका तीन प्रभावशाली मन्त्रीहरुले नेपाल भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सफल नेपाली व्यवसायी रबिजंग लामिछाने
संगको भेटमा विदेशमन्त्री जेरेमी हन्ट, कानून मन्त्री डेभिड गाउक र व्यापार तथा उद्योग राज्यमन्त्री रिचर्ड हयारिङटनले नेपाल घुम्ने आश्वासन दिएका हुन् ।
सेन्ट्रल लन्डनको ओरियन्टल क्लबमा आयोजित बेलायतका व्यवसायीहरुको एउटा रात्रीभोजमा लामिछानेले नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ बारे अवगत गराउंदै घुम्न अपिल गरेका थिए । प्रतिउत्तरमा ति मन्त्रीहरुले बेलायत नेपाल सदियौं पुरानो सम्बन्धबारे चर्चा गर्दै अनुकुल समयमा नेपाल भ्रमण गर्ने बताएको लामिछानेले जनाए ।
मन्त्रीहरुले बेलायतका नेपालीको मेलमिलाप र इमान्दारिताको समेत प्रशंसा गरेको व्यवसायी लामिछानेले जानकारी दिए । भेटमा लामिछानेले मन्त्रीत्रयलाई ‘भिजिट नेपाल २०२०’ प्रवर्धनको टिसर्ट समेत प्रदान गरेका थिए ।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पुरा गर्न बेलायतमा समेत गठन भएको समितिमा लामिछाने संलग्न छन् ।
समाजसेवामा उत्तिकै सक्रिय लामिछानेले नेपालमा ५० असहाय बालबालिकाको बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था गरिदिएका छन् । मानवीय सहयोगबाहेक कयौं मठमन्दिर बनाउन पनि उनको आर्थिक योगदान छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे