लन्डन । ताप्लेजुङ जिल्लाको हाङपाङबाट युके आई विभिन्न स्थानमा बसोबास गरिरहेका गाउँलेहरुको द्वैवार्षिक भेटघाट सम्पन्न भएको छ । शनिबार फेल्थाम कम्युनिटी हलमा आयोजना गरिएको सो भेटघाटको अध्यक्षता हाङपाङ समाज युकेका अध्यक्ष यमबहादुरआङबुहाङले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा भेला संयोजक टेकमान खपाङ्गीमगरले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए भने कार्यक्रम महासचिव सरला सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा समाजका सदस्यहरु काजीमान याक्सोले नेपाल सरकारबाट जनसेवा श्री (पञ्चम) प्राप्त गरेको, नरेश खपाङ्गीमगर नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि चयन भएकोमा सम्मान गरिएको थियो ।
त्यस्तै, स्नातक तथा स्नातकोत्तर गर्ने समाजका सदस्यका छोराछोरीहरुमा महासचिव सरला सुब्बा र लक्ष्मीबहादुर आङबुहाङका छोराहरु निसाङ आङबुहाङ (पूर्वाञ्चल विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर), सन्तोष आङबुहाङ (किंग्स कलेज काठमाडौंबाट व्यापार प्रशासन विषयमा स्नातकोत्तर) र अशेष आङबुहाङ (मिडलसेक्स विश्वविद्यालय लण्डनबाट लेखा तथा वित्त शास्त्रमा स्नातक) गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो ।
यस्तै, जितहाङ याक्सो, गजेन्द्र याक्सो, दीपक याक्सो, मञ्जना याक्सो पाहिम र राममाया याक्सोलाई समाजको नयाँ सदस्यता प्रदान गरिएको थियो । यसैगरी, हालैमात्र पुत्र लाभ गरेकामा समाजका सदस्य विराट आङबुहाङलाई वधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा खेल सचिव चन्द्रकुबेर आङबुहाङले महिलाहरुका लागि म्यूजिकल चेयर र राफल ड्र याक्थुङ आङबुहाङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष दीपक याक्सोले आर्थिक हिसाबकिताबका साथमा हाङपाङको आकर्षक एरियल फोटो र भिडियो प्रस्तुत गरे । अध्यक्ष यमबहादुर आङबुहाङले समाजले हालसम्म गरेको कार्यको जानकारी दिँदै कार्यक्रम सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा कोषाध्यक्ष दीपक याक्सोले उपस्थित सबैको परिचय गराएका थिए भने अन्त्यमा च्याब्रुङ नाचका साथ कार्यक्रम समापन गरिएको थियो ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ