लण्डन- नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन युकेमा सकिएको छ।
एभरेस्ट सूर्य बोहराले निर्देशन गरेको र हिराल जोशी प्रोड्युसर रहेको उक्त चलचित्र महारानी इन्टरटेनमेन्ट युके तथा विरंजना प्रोडक्सन नेपालको संयुक्त ब्यानरमा निर्माण भैरहेको छ।
उक्त चलचित्रमा बिक्रम जोशी (बेक्की जोशी), दीपिका प्रसाई, श्वेता खड्का, विक्रान्त बस्नेत तथा विल्सन बिक्रम राई प्रमुख कलाकार रहेका छन्।
उक्त चलचित्रको छायांकन सेन्ट्रल लन्डन, वेल्स, एसेक्स तथा ससेक्समा गरिएको थियो। चलचित्रको छायांकन नेपालका वरिष्ठ सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले गरेका थिए। चलचित्र सन् २०१९ भित्रै रिलिज हुने बताइएको छ।
यसअघि बिक्रम जोशीले लन्डन तथा नेपालमा छायांकन गरिएको नेपाली चलचित्र पासवर्ड तथा ह्याप्पी डेजमा पनि प्रमुख भूमिका खेलेका थिए।
चर्चित बलिवुड कलाकार सनी लियोनले नेपाली चलचित्र पासवर्डको एउटा गीतमा नृत्य गरेकी थिइन्। त्यस्तै चर्चित भारतीय कोरियोग्राफर विष्णु देवाले मुम्बइबाट सनी लियोनीसंगै आएर नृत्य निर्देशन गरेका थिए।
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?