लन्डन । बेलायतमा सन् २००७ मा काउन्सिलर पद जितेपछि धन गुरुङ एकाएक चर्चाको शिखरमा आए । नेपाली मुलको पहिलो काउन्सिलर । फोकस्टन टाउन काउन्सिलरको हैसियतमा उनले अभिनेत्री जोआना लुम्ली र पिटर क्यारोलका साथ गोर्खा आन्दोलनलाई नेतृत्व पनि गरे भने नेपालका शीर्षस्थ नेताहरुसंग समेत उनको राम्रो ‘कनेक्सन’ बन्यो । उनी त्यतिबेला लिबरल डेमोक्रयाट्सबाट चुनाव लडेका थिए । तर, लिब्डेमको घट्दो लोकप्रियतासंगै गुरुङको राजनीति पनि पराजयन्मुख भयो । सन् २०११ मा काउन्सिलर पदको कार्यकाल सकिएपछि फेरि लिब्डेमबाट लडे तर दुई पटक हार बेहोर्नु परयो ।
उनको क्षेत्रमा लिब्डेमको अस्तित्व लगभग विलिन हुंदै गएपछि सन् २०१६ मा सत्तारुढ कन्जरभेटिभको सदस्य बने गुरुङ । दरिलो पार्टीको साथ भए गोर्खा मुद्दा अगाडि बढाउन पनि सहज हुन्छ भन्ने उनको विश्वास थियो । यसपटक फोक्सटन एण्ड हाइथ डिष्ट्रिक्ट काउन्सिलमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले फेरि हार खानु परेको छ ।
‘ब्रेक्जिटका कारण कन्जरभेटिभले धेरै सिट हारेको छ’, गुरुङले भने, ‘केन्द्रले राम्रो काम गरेन भने काउन्सिलमा समेत असर पर्दो रहेछ ।’ करिब १७ सय मत खसेकामा गुरुङले २५९ मत ल्याएका थिए । त्यहां ३८६ मत ल्याएर लेबरले जितेको छ ।
‘अधिकांश इष्टर्न युरोपियन बस्ने उक्त ठाउं मेरो लागि नयां पनि थियो तर म हारले कत्ति विचलित छैन्’, उनी भन्छन्, ‘जुनै पार्टीले जितेपनि काउन्सिलमा नेपालीको आवाज जानुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ ।’
उनले जित्नेलाई वधाइ र सहयोगीलाई धन्यवाद दिएका छन् । ‘काउन्सिलरको दायित्व सामाजिक काम नै हो’, गुरुङले भने, ‘मैले नेपालीलाई स्थानीय राजनीतिमा आउन बाटो खोलिदिएं त्यसैमा गर्व छ ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा