लन्डन । बेलायतमा सन् २००७ मा काउन्सिलर पद जितेपछि धन गुरुङ एकाएक चर्चाको शिखरमा आए । नेपाली मुलको पहिलो काउन्सिलर । फोकस्टन टाउन काउन्सिलरको हैसियतमा उनले अभिनेत्री जोआना लुम्ली र पिटर क्यारोलका साथ गोर्खा आन्दोलनलाई नेतृत्व पनि गरे भने नेपालका शीर्षस्थ नेताहरुसंग समेत उनको राम्रो ‘कनेक्सन’ बन्यो । उनी त्यतिबेला लिबरल डेमोक्रयाट्सबाट चुनाव लडेका थिए । तर, लिब्डेमको घट्दो लोकप्रियतासंगै गुरुङको राजनीति पनि पराजयन्मुख भयो । सन् २०११ मा काउन्सिलर पदको कार्यकाल सकिएपछि फेरि लिब्डेमबाट लडे तर दुई पटक हार बेहोर्नु परयो ।
उनको क्षेत्रमा लिब्डेमको अस्तित्व लगभग विलिन हुंदै गएपछि सन् २०१६ मा सत्तारुढ कन्जरभेटिभको सदस्य बने गुरुङ । दरिलो पार्टीको साथ भए गोर्खा मुद्दा अगाडि बढाउन पनि सहज हुन्छ भन्ने उनको विश्वास थियो । यसपटक फोक्सटन एण्ड हाइथ डिष्ट्रिक्ट काउन्सिलमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले फेरि हार खानु परेको छ ।
‘ब्रेक्जिटका कारण कन्जरभेटिभले धेरै सिट हारेको छ’, गुरुङले भने, ‘केन्द्रले राम्रो काम गरेन भने काउन्सिलमा समेत असर पर्दो रहेछ ।’ करिब १७ सय मत खसेकामा गुरुङले २५९ मत ल्याएका थिए । त्यहां ३८६ मत ल्याएर लेबरले जितेको छ ।
‘अधिकांश इष्टर्न युरोपियन बस्ने उक्त ठाउं मेरो लागि नयां पनि थियो तर म हारले कत्ति विचलित छैन्’, उनी भन्छन्, ‘जुनै पार्टीले जितेपनि काउन्सिलमा नेपालीको आवाज जानुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ ।’
उनले जित्नेलाई वधाइ र सहयोगीलाई धन्यवाद दिएका छन् । ‘काउन्सिलरको दायित्व सामाजिक काम नै हो’, गुरुङले भने, ‘मैले नेपालीलाई स्थानीय राजनीतिमा आउन बाटो खोलिदिएं त्यसैमा गर्व छ ।’
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’